हाेलीमा ट्राफिक प्रहरीकाे कडाइ, नियम मिच्ने नौ सय ६ वटा सवारी साधन हाेल्ड
काठमाण्डाै – काठमाण्डौमा ट्राफिक नियम मिच्ने नौ सय ६ वटा सवारी साधनलाई ट्राफिक प्रहरीले कारबाही तथा 'होल्ड' गरेर छोडेको छ ।

फागु पूर्णिमा अर्थात् होली खेल्ने नाममा तीव्र गतिमा चलाएका, जाँड–रक्सी खाएर गाडी चलाएका र कागजात नभएका नौ सय ६ वटा सवारी साधनलाई कारबाहीसहित दिनभर 'होल्ड' गरेर केही बेर अगाडि छोडिएको हो ।
कारबाहीमा परेकामध्ये एक सय ६ जनाले जाँड–रक्सी खाएर सवारी साधन लगाएका थिए । यस्तै जाँड–रक्सी खाएर होहल्ला गर्ने ६६ जनालाई पक्राउ गरेर छोडिएको छ ।
होलीलाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन काठमाण्डौ उपत्यकाका तीनै जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको थियाे । चोकचोकमा सुरक्षाकर्मी खटिएका छन् । होलीका नाममा अश्लील, उच्छृङ्खल र अप्रिय गतिविधि हुन नदिन महानगरीय प्रहरी कार्यालय रानीपोखरीले झन्डै चार हजार सुरक्षाकर्मी परिचालन गरेकोे थियाे ।
केही वर्षदेखि रङको पर्व फागु अर्थात् होली सभ्य बन्दै गएको छ । केही वर्षअघिसम्म फागुन शुक्ल अष्टमीदेखि नै लोला हान्ने प्रवृत्ति थियो । तर चार/पाँच वर्षयतादेखि फागु पर्वलाई अनुशासित भएर मनाउने गरिएको छ ।
What's Your Reaction?






