उपराष्ट्रपतिको हर्नियाको शल्यक्रिया सक्रियो, शुक्रबार डिस्चार्ज गरिने
काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवको हर्नियाको शल्यक्रिया गरिएको छ । शल्यक्रियाका लागि मंगलबार साँझ अस्पताल भर्ना भएका यादवको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा बुधबार बिहान वरिष्ठ कलेजो रोग विशेषज्ञ प्रा.डा. रमेशसिंह भण्डारी नेतृत्वको टोलीले शल्यक्रिया गरेको थियो । शल्यक्रियापछि सामान्य स्वास्थ्य अवस्थामा रहेका यादवलाई अहिले वार्डमा स्वास्थ्य निगरानीमा राखिएको उपचारमा संलग्न एक चिकित्सकले जानकारी दिए । […]
काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवको हर्नियाको शल्यक्रिया गरिएको छ ।
शल्यक्रियाका लागि मंगलबार साँझ अस्पताल भर्ना भएका यादवको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा बुधबार बिहान वरिष्ठ कलेजो रोग विशेषज्ञ प्रा.डा. रमेशसिंह भण्डारी नेतृत्वको टोलीले शल्यक्रिया गरेको थियो ।
शल्यक्रियापछि सामान्य स्वास्थ्य अवस्थामा रहेका यादवलाई अहिले वार्डमा स्वास्थ्य निगरानीमा राखिएको उपचारमा संलग्न एक चिकित्सकले जानकारी दिए । यादवलाई शुक्रबारसम्म डिस्चार्ज गर्ने तयारी रहेको ती चिकित्सकले जानकारी दिए ।
What's Your Reaction?