प्रधानमन्त्रीको पुत्ला दहन रोक्न नसकेको भन्दै चितवनका सीडीओ र एसपी तानिए

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला बनाएर नारायणी नदीमा दाह संस्कार गरिएको घटनामा गृह मन्त्रालयले चितवनका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र एसपीलाई केन्द्रमा तानेको छ । सीडीओ इन्द्रदेव यादव र एसपी भावेश रिमाललाई केन्द्रमा तानेको हो । रवि लामिछाने पक्राउको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताले प्रधानमन्त्री ओलीको पुतला बनाएर नारायणी नदीमा दाह संस्कार […]

Oct 23, 2024 - 13:25
 0
प्रधानमन्त्रीको पुत्ला दहन रोक्न नसकेको भन्दै चितवनका सीडीओ र एसपी तानिए

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला बनाएर नारायणी नदीमा दाह संस्कार गरिएको घटनामा गृह मन्त्रालयले चितवनका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र एसपीलाई केन्द्रमा तानेको छ ।

सीडीओ इन्द्रदेव यादव र एसपी भावेश रिमाललाई केन्द्रमा तानेको हो ।

रवि लामिछाने पक्राउको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताले प्रधानमन्त्री ओलीको पुतला बनाएर नारायणी नदीमा दाह संस्कार गरेका थिए ।

सोही घटना रोक्न नसकेको भन्दै दबाब बढेपछि सीडीओ यादवलाई गृह मन्त्रालयमा तानिएको जनाइएको छ ।

नयाँ सीडीओको रूपमा गृहले प्रकाश पौडेललाई पठाएको छ । त्यस्तै, प्रहरी प्रधान कार्यालयले चितवन प्रहरी प्रमुख एसपी भावेश रिमाललाई पनि तानेको छ ।

एसपी रिमाललाई काज सरुवा गरेर मानव बेचबिखन अनुसन्धान ब्युरोमा कार्यरत एसपी गौतम मिश्रलाई चितवन पठाइएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register