एफसी १७ वर्षमुनिको एसियन कप छनोटमा नेपाल जापानसँग भिड्दै

काठमाडौं । एफसी १७ वर्षमुनिको एसियन कप छनोटअन्तर्गत नेपालले समूह चरणको पहिलो खेलमा अहिले साबिक विजेता जापानसँग खेल्दैछ । खेल कतारको दोहामा रहेको हमद बिन खालिफा स्टेडियमा नेपाली समयअनुसार पौने ७ बजे शुरु हुनेछ । नेपाल र जापान रहेको समूह ‘एफ’मा कतार र मङ्गोलिया पनि छन् । प्रतियोगिताको सबैभन्दा सफल टोली जापानले अघिल्लो वर्षसमेत गरी […]

Oct 24, 2024 - 01:49
 0
एफसी १७ वर्षमुनिको एसियन कप छनोटमा नेपाल जापानसँग भिड्दै

काठमाडौं । एफसी १७ वर्षमुनिको एसियन कप छनोटअन्तर्गत नेपालले समूह चरणको पहिलो खेलमा अहिले साबिक विजेता जापानसँग खेल्दैछ ।

खेल कतारको दोहामा रहेको हमद बिन खालिफा स्टेडियमा नेपाली समयअनुसार पौने ७ बजे शुरु हुनेछ ।

नेपाल र जापान रहेको समूह ‘एफ’मा कतार र मङ्गोलिया पनि छन् ।

प्रतियोगिताको सबैभन्दा सफल टोली जापानले अघिल्लो वर्षसमेत गरी चारपल्ट उपाधि जितसकेको छ ।

नेपालले भने अहिलेसम्म तीन पटक छनौट चरण पार गरेर १७ वर्षमुनिको एसियन कप खेलेकोमा तीन पटक नै समूह चरणबाटै बाहिरिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register