बुधबार घट्यो सुनको मूल्य, चाँदीको मूल्य कति ?

काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार सुनको मूल्य घटेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले घटेको हो । कारोबारको अघिल्लो दिन प्रतितोला एक लाख ६६ हजार ७०० रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ७०० रुपैयाँले घटेर एक लाख ६६ हजार रुपैयाँमा कारोबार भईरहेको छ । यता चाँदीको मूल्य […]

Oct 24, 2024 - 06:13
 0
बुधबार घट्यो सुनको मूल्य, चाँदीको मूल्य कति ?

काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार सुनको मूल्य घटेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले घटेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला एक लाख ६६ हजार ७०० रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ७०० रुपैयाँले घटेर एक लाख ६६ हजार रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य ४० रुपैयाँले घटेर प्रतितोला २०९५ रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य एक लाख ४२ हजार ३ सय २० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १७९६ रुपैयाँ कायम भएको छ ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register