आन्तरिक उत्पादनलाई संरक्षण गर्न उपभोग्य वस्तुमा कर लगाइएकाे हाे : अर्थमन्त्री महत

Jun 12, 2023 - 09:09
 0
आन्तरिक उत्पादनलाई संरक्षण गर्न उपभोग्य वस्तुमा कर लगाइएकाे हाे : अर्थमन्त्री महत
आन्तरिक उत्पादनलाई संरक्षण गर्न उपभोग्य वस्तुमा कर लगाइएकाे हाे : अर्थमन्त्री महत

काठमाडाैं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आन्तरिक उत्पादनलाई संरक्षण गर्न उपभोग्य वस्तुमा कर लगाईएको स्पष्ट पार्नुभएको छ । सोमबार प्रतिनिधि सभा बैठकमा आगामी आर्थिक बर्षको बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री महतले उपभोग्य वस्तुमा कर लगाएको कुरामा चासो चिन्ता स्वभाविक भएको बताउनुभयाे । उहाँले आन्तरिक उत्पादनलाई संरक्षण गर्न कर लगाईएको स्पष्ट पार्नुभयाे ।

अर्थमन्त्री महतले पुँजीगत खर्च बढाउन कार्यतालिका सहित प्रभावकारी कार्यान्वयनको मोडालिटी बनाएको जानकारी दिनुभयो । पुँजीगत खर्च बढाउने कार्ययोजना बनाएको भन्दै अर्थमन्त्री महतले कार्ययोजना अगाडि बढेमा राजस्व उठाउन कठिन नरहेको बताउनुभयाे ।

उहाँले संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमको विशेषताको कुरै नभएको र गलत प्रचार बढी भएको बताउनुभयो । पूर्वाधार विकासमा सहयोग पुग्नेगरी ल्याइएको उक्त कार्यक्रम पूँजीगत खर्च अन्तर्गत नै भएको मन्त्री महतले दाबी गर्नुभयाे ।

अर्थमन्त्री महतले पुँजीगत तर्फ कूल १२३ अर्ब विनियोजन रहेकोमा ३ वटा जिल्लामा छुट्टाएको रकम ठूलो परिमाणमा नभएको दाबी गर्नुभयो । कतिपय पहाडी जिल्लामा अझै पनि आधारभूत सडक पूर्वाधार अपर्याप्त रहेकाले आवश्यकताका आधारमा सडक आयोजनामा विनियोजन बढाउनु परेको उहाँले बताउनुभयो ।

अर्थमन्त्री महतले विद्युतीय गाडीमा विगतमा भएको अव्यवहारिक भन्सारलाई व्यवहारिक बनाउन विद्युतीय गाडीलाई ५ वर्गमा छुट्ट्याएर कर लगाएको बताउनुभयो । उहाँले जिल्ला निर्वाचन कार्यालय खारेज गरेको भनाई प्रशासन कार्यालय भित्रै कार्यालयको इकाइ राखेर खर्च घटाउने मनसाय मात्रै रहेको तर्क गर्नुभयो ।  

बजेटमा अर्थतन्त्रका विद्यमान चुनौतीहरुको गहिरो र वस्तुगत समीक्षा गरिएको, अर्थतन्त्रमा देखिएका समस्या र चुनौतीलाई सम्बोधन गरी अर्थतन्त्रलाई गतिशिल बनाउन जोड दिइएको मन्त्री महतले बताउनुभयो । उहाँले आर्थिक सुधार र निजी लगानी प्रवर्द्धनका लागि नीतिगत सुधारको घोषणा गरिएको, डिजिटल र हरित अर्थतन्त्रमा जोड दिइएको, नवप्रवर्तनमा जोड दिएको, उत्पादन र रोजगारीलाई उच्च प्राथमिकता दिई कार्यक्रमहरु ल्याइएको बताउनुभयो । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Achala Lohani Journalism's sacred duty, its true Dharma, is to uphold the pursuit of truth, untainted by false claims or agenda-driven twists, ensuring the integrity and credibility of every news piece. Follow me on Dununu: https://www.dununu.com/Beautiful1