लगातार रेकर्ड बनाएको सुनको मूल्य घट्यो

काठमाडौं । लगातार रेकर्ड बनाएको सुनको मूल्य बिहीबार घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार गत साताको बुधबारदेखि दिनहुँ रेकर्ड बनाइरहेको सुनको मूल्य आज सात सय रूपैयाँले घटेको हो । आज छापावाल सुन प्रतितोला एक लाख ६६ हजार रूपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाल सुन प्रतितोला एक लाख ६६ हजार सात सय रूपैयाँमा कारोबार भएको थियो […]

Oct 24, 2024 - 06:31
 0
लगातार रेकर्ड बनाएको सुनको मूल्य घट्यो

काठमाडौं । लगातार रेकर्ड बनाएको सुनको मूल्य बिहीबार घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार गत साताको बुधबारदेखि दिनहुँ रेकर्ड बनाइरहेको सुनको मूल्य आज सात सय रूपैयाँले घटेको हो ।

आज छापावाल सुन प्रतितोला एक लाख ६६ हजार रूपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाल सुन प्रतितोला एक लाख ६६ हजार सात सय रूपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, बिहीबार चाँदीको मूल्य पनि घटेको छ । बुधबार प्रतितोला दुई हजार एक सय ३५ रूपैयाँमा कारोबार भएको चाँदी बिहीबार प्रतितोलामा ४० रूपैयाँ घटेर दुई हजार ९५ रूपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register