रास्वपाले शनिबार सरकारविरुद्ध मौनधारण गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले शनिबार सरकारविरुद्ध मौनधारण गर्ने भएको छ। रास्वपाका सहकोषाध्यक्ष दीपक बोहराले शुक्राबर साँझ सामाजिक संजालमा एक एक स्टाटस शेयर गर्दै शनिबार बिहान ११ बजे मौनधारण सुरु हुने जानकारी दिए । ‘दुई तिहाइको दम्भकारी सरकार विरुद्धको हाम्रो आन्दोलन जारी छ,’ उनले फेसबुकमा लेखेका छन्, ‘१०० करोडको जग्गा दान कि घुस? सरकारको नैतिकताको […]

Oct 25, 2024 - 17:01
 0
रास्वपाले शनिबार सरकारविरुद्ध मौनधारण गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले शनिबार सरकारविरुद्ध मौनधारण गर्ने भएको छ। रास्वपाका सहकोषाध्यक्ष दीपक बोहराले शुक्राबर साँझ सामाजिक संजालमा एक एक स्टाटस शेयर गर्दै शनिबार बिहान ११ बजे मौनधारण सुरु हुने जानकारी दिए ।

‘दुई तिहाइको दम्भकारी सरकार विरुद्धको हाम्रो आन्दोलन जारी छ,’ उनले फेसबुकमा लेखेका छन्, ‘१०० करोडको जग्गा दान कि घुस? सरकारको नैतिकताको मृत्युमा मौन धारण।’

सहकारीको रकम अपचलनको आरोपमा सभापति रवि लामिछानेलाई पक्राउ परेपछि रास्वपा निरन्तर सडक प्रदर्शनमा  छ।

यसअघि रास्वपा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले अबका विरोध कार्यक्रम केन्द्रीय समितिको बैठक बसेर निर्णय गर्ने जनाएका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register