रास्वपाको प्रदर्शन अब काठमाडौँ केन्द्रित, पोखरामा आज अन्तिम दिन 

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अब काठमाडौँ केन्द्रित प्रदर्शन गर्ने भएको छ । पार्टी सभापति रवि लामिछाने पक्राउ परेपछि पोखरामा प्रदर्शन गर्दै आएको रास्वपाले अब काठमाडौँ केन्द्रित प्रदर्शन गर्ने भएको हो ।  अब आफूहरुको प्रदर्शन पोखरा नभएर काठमाडौँ केन्द्रित हुने रास्वपाले पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।  पत्रकार सम्मेलनका क्रममा पार्टी उपसभापति […]

Oct 24, 2024 - 08:25
 0
रास्वपाको प्रदर्शन अब काठमाडौँ केन्द्रित, पोखरामा आज अन्तिम दिन 

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अब काठमाडौँ केन्द्रित प्रदर्शन गर्ने भएको छ । पार्टी सभापति रवि लामिछाने पक्राउ परेपछि पोखरामा प्रदर्शन गर्दै आएको रास्वपाले अब काठमाडौँ केन्द्रित प्रदर्शन गर्ने भएको हो । 

अब आफूहरुको प्रदर्शन पोखरा नभएर काठमाडौँ केन्द्रित हुने रास्वपाले पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । 

पत्रकार सम्मेलनका क्रममा पार्टी उपसभापति डा. स्वर्णिम वाग्लेले आज (बिहीबार) पोखरामा रास्वपाको अन्तिम प्रदर्शन हुने जानकारी दिएका छन् । उनले बिहीबार प्रदर्शन केही फरक र पृथक हुने भन्दै त्यसपछिका आन्दोलनका कार्यक्रम काठमाडौँमा हुने बताएका छन् । 

उनले आफ्नो पार्टी सभापतिलाई सरकारले कागजात पुगेन भनेर फेरी म्याद थप गरेर थुनामै राख्न खोजेको आरोपसमेत लगाएका छन् । साथै उनले रास्वपाको प्रदर्शनलाई बिथोल्न र पोखरामा मुडभेट निम्त्याउन पार्टीमा सर्कुलरसमेत जारी गरेको आरोप लगाएका छन् । 

अहिले सहकारी ठगी प्रकरणमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेलाई म्याद थपका लागि जिल्ला अदालत कास्कीमा पेश गरिएको छ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register