जुवातास खेलिरहेको अवस्थामा ३६ जना पक्राउ

काठमाडौं। ललितपुर, महालक्ष्मी नगरपालिका-८ लुभुस्थित निरन्जन पाण्डेको पिस हिल रिसोर्टमा जुवातास खेलिरहेको अवस्थामा रामेछाप दोरम्बा घर भई काठमाडौं सुन्धारा बस्ने ३३ वर्षीय सुमन श्रेष्ठ समेत १२ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर जावलाखेलबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७ लाख ३० हजार रूपैयाँ र ९ बुक तास सहित पक्राउ गरेको हो […]

Oct 24, 2024 - 09:00
 0
जुवातास खेलिरहेको अवस्थामा ३६ जना पक्राउ

काठमाडौं।

ललितपुर, महालक्ष्मी नगरपालिका-८ लुभुस्थित निरन्जन पाण्डेको पिस हिल रिसोर्टमा जुवातास खेलिरहेको अवस्थामा रामेछाप दोरम्बा घर भई काठमाडौं सुन्धारा बस्ने ३३ वर्षीय सुमन श्रेष्ठ समेत १२ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर जावलाखेलबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७ लाख ३० हजार रूपैयाँ र ९ बुक तास सहित पक्राउ गरेको हो ।

रूपन्देही, मायादेवी गाउँपालिका-८ बसडिलवास्थित महाशारदा प्लाष्टिक एण्ड स्केप सप्लायर्समा जुवातास खेलिरहेको अवस्थामा ओमसतिया गाउँपालिका-४ बस्ने ३८ वर्षीय रूपेश गुप्ता समेत ५ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८९ हजार ९० रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।

काभ्रे, पनौती नगरपालिका-९ रातेमाटेस्थित लक्ष्मी थोकरको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ५६ बर्षीय कान्छा राम घिसिङ समेत ५ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी पनौतीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९७ हजार रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register