लुम्बिनी लायन्सको मुख्य प्रशिक्षकमा फड्निस नियुक्त

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) टोली लुम्बिनी लायन्सले मुख्य प्रशिक्षकमा नन्दन फड्निसलाई नियुक्त गरेको छ । बिहीबार लुम्बिनीले फड्निसलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको गरेको हो । फड्निसलाई टोलीमा जोड्न पाउँदा निकै गौरव महसुस भएको लुम्बिनीले जनाएको छ । परामर्श कोचको रूपमा नेपाल राष्ट्रिय टोलीको लागि पृष्ठभूमिमा महत्वपूर्ण भूमिका खेलेका फड्निसको अनुभवले लुम्बिनीलाई उत्साहित बनाएको […]

Oct 24, 2024 - 09:19
 0
लुम्बिनी लायन्सको मुख्य प्रशिक्षकमा फड्निस नियुक्त

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) टोली लुम्बिनी लायन्सले मुख्य प्रशिक्षकमा नन्दन फड्निसलाई नियुक्त गरेको छ ।

बिहीबार लुम्बिनीले फड्निसलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको गरेको हो । फड्निसलाई टोलीमा जोड्न पाउँदा निकै गौरव महसुस भएको लुम्बिनीले जनाएको छ ।

परामर्श कोचको रूपमा नेपाल राष्ट्रिय टोलीको लागि पृष्ठभूमिमा महत्वपूर्ण भूमिका खेलेका फड्निसको अनुभवले लुम्बिनीलाई उत्साहित बनाएको छ ।

भारतका फड्निसले राष्ट्रिय क्रिकेट टोलीको ब्याटिङ कन्सल्टेन्ट कोचको जिम्मेवारी पनि निर्वाह गरिसकेका छन् ।

टोलीमा पूर्व क्रिकेटर शक्ति गौचनले लुम्बिनीमा कन्सल्टेन्ट प्रशिक्षकको रुपमा आबद्ध छन् । टोलीमा राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल लुम्बिनीको मार्की खेलाडी हुन् ।

एनपीएल मंसिर १५ देखि पुस ६ सम्म आयोजना हुने एनपीएलमा ८ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register