मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाइते 

 दयाराम पण्डित  बाजुरा।       जगन्नाथ गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। मृत्यु  हुनेमा सान्नि त्रिवेणी गाउँपालिका वडा नम्बर ८ मुम्रा कालिकोटका स्थानीय मोटरसाइकल चालक समेत रहेका  २९ वर्षीय खेमराज बुढा रहेका छन् । घाइते हुनेमा  बाजुरा जगन्नाथ गाउँपालिका वडा नम्बर ४ नाराकोटका स्थानीय ३७ वर्षिय […]

Oct 24, 2024 - 10:42
 0
मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाइते 

 दयाराम पण्डित

 बाजुरा। 

     जगन्नाथ गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। मृत्यु  हुनेमा सान्नि त्रिवेणी गाउँपालिका वडा नम्बर ८ मुम्रा कालिकोटका स्थानीय मोटरसाइकल चालक समेत रहेका  २९ वर्षीय खेमराज बुढा रहेका छन् ।

घाइते हुनेमा  बाजुरा जगन्नाथ गाउँपालिका वडा नम्बर ४ नाराकोटका स्थानीय ३७ वर्षिय खडक भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । 

जगन्नाथ गाउँपालिका वडा नम्बर ५ स्थित भुकाखोला नजिकै  कालिकोटबाट आउने क्रममा गएराति करिब १० बजे  दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । 

 कर्णाली करिडोर सडकबाट कर्णाली  प्रदेशको ४८१ नम्बरको मोटरसाइकल करिब २०० मिटर तल खसेर दुर्घटना भएको हो ।    घाइते भण्डारीको जगन्नाथ गाउँपालिकाको दश शय्या अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरीले जनाएको छ । मृतकको शवलाई  कालिकोट पठाइएको र घाइतेको उपचार र अनुसन्धान भइरहेको  बताइएको छ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register