रिजवान बने पाकिस्तान क्रिकेट टोलीको नयाँ कप्तान

काठमाडौं । मोहम्मद रिजवान पाकिस्तानको सेतो बल क्रिकेटको नयाँ कप्तान नियुक्त भएका छन् । पाकिस्तान क्रिकेट बोर्डले आइतबार रिजवानलाई कप्तान नियुक्त गरेको हो । साथै, अष्ट्रेलिया भम्रणका लागि टोली पनि घोषणा गरिएको छ । इंग्ल्याण्डविरूद्धको दुई टेस्ट खेलका लागि पाकिस्तानको टोलीबाट बाहिरिएका बाबर आजम, नसीम शाह र शाहीन शाह अफ्रिदीको त्रिकुट आगामी अष्ट्रेलिया भ्रमणका लागि […]

Oct 28, 2024 - 07:49
 0
रिजवान बने पाकिस्तान क्रिकेट टोलीको नयाँ कप्तान

काठमाडौं । मोहम्मद रिजवान पाकिस्तानको सेतो बल क्रिकेटको नयाँ कप्तान नियुक्त भएका छन् ।

पाकिस्तान क्रिकेट बोर्डले आइतबार रिजवानलाई कप्तान नियुक्त गरेको हो । साथै, अष्ट्रेलिया भम्रणका लागि टोली पनि घोषणा गरिएको छ ।

इंग्ल्याण्डविरूद्धको दुई टेस्ट खेलका लागि पाकिस्तानको टोलीबाट बाहिरिएका बाबर आजम, नसीम शाह र शाहीन शाह अफ्रिदीको त्रिकुट आगामी अष्ट्रेलिया भ्रमणका लागि छनोट गरिएको पाकिस्तानी टोलीमा फर्किएका छन् ।

तर, अष्ट्रेलियापछि जिम्बाब्वेमा हुने एकदिवसीय र टी–२० सिरिजका लागि छनोट गरिएको टोलीमा तीनैलाई समावेश गरिएको छैन ।

यता, फखर जमानले आठ वर्षमा पहिलो पटक पीसीबीको केन्द्रीय सम्झौता गुमाएका छन् ।

उनको फिटनेसलाई लिएर शंका थियो तर, टेस्ट टोलीबाट बाबरलाई हटाएपछि उनको समर्थनमा पोस्ट गरेपछि पीसीबीले कारण देखाउ नोटिस जारी गरेपछि पीसीबीसँगको सम्बन्धमा तिक्तता आएको थियो ।

फखरबाहेक इमाम उल हकले पनि केन्द्रीय सम्झौता गुमाएका छन् र उनलाई कुनै पनि टोलीमा स्थान दिइएको छैन ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register