युद्धग्रस्त लेबनानमा श्रम स्वीकृति रोक्ने

काठमाडौं । इजरायल र हिजबुल्लाहबीचको युद्ध चर्किंदै गए पनि सरकारले लेबनानमा श्रमिक पठाउने प्रक्रियामा रोक लगाएको छैन । युद्धग्रस्त लेबनानमा रहेका करिब ७०० नेपाली घरेलु महिला श्रमिक त्रासमा रहेको खबर आइरहे पनि थप श्रमिक पठाउन नदिने निर्णय अझै भएको छैन । वैदेशिक रोजगार विभागका महानिर्देशक सूर्यबहादुर खत्रीका अनुसार, लेबनानको सुरक्षा अवस्थाबारे परराष्ट्र मन्त्रालयसँग छलफल जारी […]

Oct 25, 2024 - 01:49
 0
युद्धग्रस्त लेबनानमा श्रम स्वीकृति रोक्ने

काठमाडौं । इजरायल र हिजबुल्लाहबीचको युद्ध चर्किंदै गए पनि सरकारले लेबनानमा श्रमिक पठाउने प्रक्रियामा रोक लगाएको छैन ।

युद्धग्रस्त लेबनानमा रहेका करिब ७०० नेपाली घरेलु महिला श्रमिक त्रासमा रहेको खबर आइरहे पनि थप श्रमिक पठाउन नदिने निर्णय अझै भएको छैन ।

वैदेशिक रोजगार विभागका महानिर्देशक सूर्यबहादुर खत्रीका अनुसार, लेबनानको सुरक्षा अवस्थाबारे परराष्ट्र मन्त्रालयसँग छलफल जारी छ । उनले भने, “परराष्ट्र मन्त्रालयसँग स्थिति अनुगमन गर्दैछौं, श्रम स्वीकृति रोक्नेबारे छलफल भइराखेको छ ।”

अहिलेसम्म सरकारले लेबनानमा रहेका नेपालीहरूलाई असुरक्षित ठहर गरेको छैन।  तर, लेबनानी विपद् जोखिम व्यवस्थापन इकाइको ताजा प्रतिवेदनले इजरायली हवाई हमलाबाट २,५३० जनाको मृत्यु भएको र ११,८०३ जना घाइते भएको जानकारी दिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register