रविले हिरासतबाट डीपी र स्वर्णिमलाई के भने ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई उपभापतिद्वय डीपी अर्याल र डा. स्वर्णिम वाग्ले जिल्ला प्रहरी कार्यालय कास्की पुगेर भेटेका छन् । सोमबार उनीहरुले भेटेका हुन् । भेटमा कार्यवाहक प्रवक्ता मनिषा झा पनि सहभागी थिए । सरकारले अनावश्यक रुपमा लामिछानेलाई हिरासतमा राखेको उपभापति वाग्ले बताउँछन् । भेटपछि सञ्चारकर्मीसँगको कुराकानीमा भने, ‘राजनीतिक प्रतिशोध साँध्न […]

Nov 11, 2024 - 11:16
 0
रविले हिरासतबाट डीपी र स्वर्णिमलाई के भने ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई उपभापतिद्वय डीपी अर्याल र डा. स्वर्णिम वाग्ले जिल्ला प्रहरी कार्यालय कास्की पुगेर भेटेका छन् ।

सोमबार उनीहरुले भेटेका हुन् । भेटमा कार्यवाहक प्रवक्ता मनिषा झा पनि सहभागी थिए ।

सरकारले अनावश्यक रुपमा लामिछानेलाई हिरासतमा राखेको उपभापति वाग्ले बताउँछन् ।

भेटपछि सञ्चारकर्मीसँगको कुराकानीमा भने, ‘राजनीतिक प्रतिशोध साँध्न अनावश्यक हिरासतमा राखिएको हो । न भाग्ने आधार छ, न प्रमाण छ, थप १३ दिन राखेर सरकारले प्रतिशोध साँध्यो ।’

केन्द्रीय समितिले पार्टीको आन्दोलनबारे निर्णय गर्ने उनले जानकारी दिए ।

पार्टीले दोस्रो चरणको आन्दोलनको तयारी भइरहेको उपभापति अर्यालले बताए । यसबारे पर्सिसम्म पत्रकार सम्मेलन गरेर जानकारी दिने बताए ।

सभापति लामिछानेको भनाइ उद्धृत गर्दै उनले भने, ‘सरकारलाई हिरासतबाट बाहिर राखेर अनुसन्धान गर भन्दा पनि मानेन, यो प्रतिशोध नै हो ।’

यस्तै, सरकारको कामकारबाहीमा लोकतन्त्रको अधिनायकतावादी देखिएको प्रवक्ता झा बताउँछन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register