हरिण शिकार प्रकरणमा सलमान : बिस्कुट र पानी खुवाएँ तर, अफवाह फैलाइयो

काठमाडौं । केही समययता भारतीय अभिनेता सलमान खानलाई ग्याङ्स्टार लरेन्सबाट ज्यान मार्ने धम्की आइरहेको छ । यो सम्पूर्ण मामिला सन् १९९८ मा भएको सलमानको कालो हरिण शिकार प्रकरणसँग सम्बन्धित छ । उक्त घटनाबारे सलमानले केही समय पहिलेनै मुख खोलेका थिए । सलमान राजस्थानको जोधपुरमा फिल्म ‘हम साथ साथ हैं’ को सुटिङ गरिरहेका थिए । सन् […]

Oct 25, 2024 - 09:07
 0
हरिण शिकार प्रकरणमा सलमान : बिस्कुट र पानी खुवाएँ तर, अफवाह फैलाइयो

काठमाडौं । केही समययता भारतीय अभिनेता सलमान खानलाई ग्याङ्स्टार लरेन्सबाट ज्यान मार्ने धम्की आइरहेको छ ।

यो सम्पूर्ण मामिला सन् १९९८ मा भएको सलमानको कालो हरिण शिकार प्रकरणसँग सम्बन्धित छ । उक्त घटनाबारे सलमानले केही समय पहिलेनै मुख खोलेका थिए ।

सलमान राजस्थानको जोधपुरमा फिल्म ‘हम साथ साथ हैं’ को सुटिङ गरिरहेका थिए ।

सन् २००९ मा एनडीटीभीसँग कुरा गर्दै सलमानले भनेका थिए, ‘प्याकअपको एक दिन हामी सबै कार चलाइरहेका थियौं । त्यहाँ म, सैफ, तब्बु, नीलम, अमृता र सोनाली पनि थिए ।’

‘त्यसपछि हामीले झाडीमा फसेको बच्चा हिरण देख्यौं । पूरै बथान त्यहीँ थियो । हामीले कार रोक्यौं र उनी धेरै डराए ।’

सलमानले अगाडि भने, ‘हामीले झाडीबाट निकालेर पानी पिउन दियौँ । त्यहाँ अरू धेरै हिरणहरू पनि थिए । त्यसपछि बिस्कुट पनि खायो र आफ्नो बथानमा फर्कियो ।’

‘त्यो दिन जे भयो । यसपछि हामीले आफ्ना सामानहरू प्याक गरेर त्यहाँबाट निस्कियौं । मलाई लाग्छ कि हामीलाई सँगै देखेपछि अफवाह फैलियो ।’

अर्को भाइरल अन्तर्वार्तामा सलमानले आफूले कालो हरिणको शिकार नगरेको दाबी गरेका थिए ।

सलमानले भनेका थिए, ‘यो लामो कथा हो तर, भन्नुको कुनै अर्थ छैन । मानिसहरूले यो मात्र हेर्छन् कि उसले शिकार गर्‍यो, उसले मृगलाई मार्‍यो ।’

सलमानले यस मामिलामा अदालतबाट राहत पाए पनि बिश्नोई समाजले माफी माग्न भनिरहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register