इजरायली आक्रमणमा परि लेबनानमा तीन पत्रकारको मृत्यु

काठमाडौं । पूर्वी लेबनानमा इजरायली सेनाले गरेको आक्रमणमा परी तीन पत्रकारको मृत्यु भएको छ । बीबीसीकाअनुसार सात सञ्चारसंस्थाका एक दर्जनभन्दा बढी पत्रकारहरूले प्रयोग गरिरहेको हसबायाको एउटा कम्पाउण्डमा रहेको गेस्टहाउसमा इजरायलले आक्रमण गरेको थियो । मृत्यु हुनेमा क्यामेरा अपरेटर घसान नज्जर, इरानी समर्थक समाचार च्यानल अल मायादीनका इन्जिनियर मोहम्मद रेदा र हिजबुल्लाहसँग सम्बद्ध अल-मनारका क्यामेरा अपरेटर […]

Oct 25, 2024 - 11:19
 0
इजरायली आक्रमणमा परि लेबनानमा तीन पत्रकारको मृत्यु

काठमाडौं । पूर्वी लेबनानमा इजरायली सेनाले गरेको आक्रमणमा परी तीन पत्रकारको मृत्यु भएको छ ।

बीबीसीकाअनुसार सात सञ्चारसंस्थाका एक दर्जनभन्दा बढी पत्रकारहरूले प्रयोग गरिरहेको हसबायाको एउटा कम्पाउण्डमा रहेको गेस्टहाउसमा इजरायलले आक्रमण गरेको थियो ।

मृत्यु हुनेमा क्यामेरा अपरेटर घसान नज्जर, इरानी समर्थक समाचार च्यानल अल मायादीनका इन्जिनियर मोहम्मद रेदा र हिजबुल्लाहसँग सम्बद्ध अल-मनारका क्यामेरा अपरेटर विसाम कासिम छन् ।

लेबनानको स्वास्थ्य मन्त्रालयले विस्फोटमा अन्य तीन जना घाइते भएको जनाएको छ ।

सन् २०२३ अक्टोबरमा इजरायल–हमास युद्ध सुरु भएदेखि गाजा, वेस्ट ब्यांक, इजरायल र लेबनानमा १२८ पत्रकारको मृत्यु भइसकेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register