सत्तारुढ दलले फेरि भन्यो – सहकारी प्रकरणमा निष्पक्ष छानबिन भइरहेको छ, अनुचित प्रभाव नपारौँ

काठमाडौं । सत्तारूढ दलले सहकारी रकम अपचलनको छानबिन समितिको सिफारिसअनुसार भइरहेको कामकारबाहीमा प्रभाव नपार्न आग्रह गरेको छ । शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सात दलको बैठकले यस्तो आग्रह गरेको हो । बैठकपछि एमाले महासचिव शंकर पोखरेलले भने, ”सरकारले सहकारी छानबिन समितिको आधारमा कामकारबाही गरिरहेको छ, अदालती प्रक्रियालाई अनुचित प्रभाव नपार्न अनुरोध गर्दछौँ ।” निष्पक्ष […]

Oct 25, 2024 - 12:37
 0
सत्तारुढ दलले फेरि भन्यो – सहकारी प्रकरणमा निष्पक्ष छानबिन भइरहेको छ, अनुचित प्रभाव नपारौँ

काठमाडौं । सत्तारूढ दलले सहकारी रकम अपचलनको छानबिन समितिको सिफारिसअनुसार भइरहेको कामकारबाहीमा प्रभाव नपार्न आग्रह गरेको छ ।

शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सात दलको बैठकले यस्तो आग्रह गरेको हो ।

बैठकपछि एमाले महासचिव शंकर पोखरेलले भने, ”सरकारले सहकारी छानबिन समितिको आधारमा कामकारबाही गरिरहेको छ, अदालती प्रक्रियालाई अनुचित प्रभाव नपार्न अनुरोध गर्दछौँ ।” निष्पक्ष रूपले छानबिन भइरहेको उनले बताए ।

यसअघि गत बुधबार बसेको बैठकले पनि रास्वपालाई लक्षित गर्दै अदालती प्रक्रियालाई प्रभाव नपार्न भनेको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register