गायक किसन राईको ‘साईंली’ सार्वजनिक (भिडियो)

लन्डन । किसन राईको स्वरमा रहेको गीत ‘साईंली’ सार्वजानिक भएको छ । डि. आर. अटुको शब्द तथा सङ्गीत र राजु कार्कीको एरेञ्ज, मिक्सिङ एवं माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । निर्मल कुमार  लामा (बिजी) ले निर्देशन गरेको गीतको भिडियोमा नायिका एलिसा राई र गायक किसन राईको अभिनय छ । लिम्दुनी क्रियसन रेकर्डिङमा रेकर्ड […]

Oct 25, 2024 - 12:42
 0
गायक किसन राईको ‘साईंली’ सार्वजनिक (भिडियो)


लन्डन । किसन राईको स्वरमा रहेको गीत ‘साईंली’ सार्वजानिक भएको छ । डि. आर. अटुको शब्द तथा सङ्गीत र राजु कार्कीको एरेञ्ज, मिक्सिङ एवं माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

निर्मल कुमार  लामा (बिजी) ले निर्देशन गरेको गीतको भिडियोमा नायिका एलिसा राई र गायक किसन राईको अभिनय छ । लिम्दुनी क्रियसन रेकर्डिङमा रेकर्ड गरिएको गीतको भिडियो किसन राई अफिसियल (Kisan Rai Official) बाट सार्वजनिक गरिएको हो ।


पवन सुस्लिङको छायांकन, सम्पादन र कलरिङ रहेको भिडियोमा साईंलीको चल्चलेपन, सौन्दर्यता र जीवनशैली र  युवाको साईंलीप्रतिको आकर्षणलाई विषय वस्तु बनाइएको छ ।

गायक किसन राईले २०२३ अक्टुबरमा ‘यो मन मेरो दोमन भो’ नामको गीत र भिडियो सोही च्यानलमार्फत सार्वजनिक गरेका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register