हरित उत्थानशील पत्रकारिता कार्यशाला शुरु

झापा, ९ कात्तिक । धनुषाको लालगढमा दुई दिवसीय हरित, उत्थानशील र समोवशी विषयक कार्यशाला शुरु भएको छ । आर्थिक पत्रकार समाज (सेजन)को आयोजनामा आजदेखि उक्त कार्यशाला शुरु भएको हो । मधेश प्रदेश र कोशी प्रदेशका सञ्चारकर्मी सहभागी कार्यशालाको उद्घाटन सत्रमा सेजनका अध्यक्ष सुजन ओलीले स्वागत गर्नुभएको थियो भने सञ्चालन महासचिव विश्वास रेग्मीले गर्नुभएको थियो । [...] The post हरित उत्थानशील पत्रकारिता कार्यशाला शुरु appeared first on Jhapa Online.

Oct 25, 2024 - 17:38
 0
हरित उत्थानशील पत्रकारिता कार्यशाला शुरु

झापा, ९ कात्तिक । धनुषाको लालगढमा दुई दिवसीय हरित, उत्थानशील र समोवशी विषयक कार्यशाला शुरु भएको छ ।

आर्थिक पत्रकार समाज (सेजन)को आयोजनामा आजदेखि उक्त कार्यशाला शुरु भएको हो । मधेश प्रदेश र कोशी प्रदेशका सञ्चारकर्मी सहभागी कार्यशालाको उद्घाटन सत्रमा सेजनका अध्यक्ष सुजन ओलीले स्वागत गर्नुभएको थियो भने सञ्चालन महासचिव विश्वास रेग्मीले गर्नुभएको थियो ।

कार्यशालाको पहिलो दिन हरित, उत्थानशील र समावेशी विकास (ग्रीड) को पहिलो सेसनमा ग्रीडको अवधारणा र रणनीतिक योजनाका बारेमा मुख्य कर अधिकृति मुक्तिराम आचार्यले प्रष्ट पार्नुभएको थियो । उहाँले ग्रीडका १० वटा रणनीति कार्ययोजनाका बारेमा जानकारी दिनुभयो ।

त्यस्तै, पत्रकारिताको माध्यमकबाट ग्रीडको रिपोर्टिङ कसरी गर्न सकिन्छ भन्ने विषयमा प्रशिक्षक रुद्र खड्काले सहभागीलाई प्रशिक्षित गर्नुभएको थियो । उहाँले समाचारको माध्यमबाट कसरी जलवायु परिवर्तनको बढ्दो कुप्रभावलाई न्यूनीकरण गर्न सकिन्छ भन्ने बारेमा बताउनुभयो ।

कार्यशालामा सहभागीहरुलाई पाँच वटा समूहमा विभाजन गरिएको छ । भोलि शनिबार समूहगत प्रस्तुतीकरण हुने कार्यक्रम कोअर्डिनेटर सिम्रिक शाहले जानकारी दिनुभयो ।

The post हरित उत्थानशील पत्रकारिता कार्यशाला शुरु appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register