बिर्तामोडमा पैनीमा डुबेर बृद्धाको मृत्यु

बिर्तामोड, १० कात्तिक । झापाको बिर्तामोडमा शुक्रबार दिउँसो पैनीमा डुबेर एक बृद्धाको मृत्यु भएको छ । बिर्तामोड–६ बुट्टाबारीकी ७८ वर्षीया इन्द्रमाया राईको घर नजिकै रहेको पैनीमा डुबेर मृत्यु भएको हो । डुबिरहेको अवस्थामा उनकै नातिनी मनिषा राईले देखेर उपचारको लागि बिर्तामोडस्थित मनमोहन अस्पतालमा ल्याई डाक्टरले चेकजाँच गर्दा उनको मृत्यु भइसकेको थियो । मृतकको शव सोही अस्पतालमा [...] The post बिर्तामोडमा पैनीमा डुबेर बृद्धाको मृत्यु appeared first on Jhapa Online.

Oct 26, 2024 - 01:56
 0
बिर्तामोडमा पैनीमा डुबेर बृद्धाको मृत्यु

बिर्तामोड, १० कात्तिक । झापाको बिर्तामोडमा शुक्रबार दिउँसो पैनीमा डुबेर एक बृद्धाको मृत्यु भएको छ ।

बिर्तामोड–६ बुट्टाबारीकी ७८ वर्षीया इन्द्रमाया राईको घर नजिकै रहेको पैनीमा डुबेर मृत्यु भएको हो । डुबिरहेको अवस्थामा उनकै नातिनी मनिषा राईले देखेर उपचारको लागि बिर्तामोडस्थित मनमोहन अस्पतालमा ल्याई डाक्टरले चेकजाँच गर्दा उनको मृत्यु भइसकेको थियो । मृतकको शव सोही अस्पतालमा रहेको प्रहरीले जनाएको छ ।

The post बिर्तामोडमा पैनीमा डुबेर बृद्धाको मृत्यु appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register