इरान भन्छ : इजरायलले सैन्य आधार शिविरमा आक्रमण गर्‍यो

काठमाडौं । इरानले इजरायलले आफ्नो सैन्य आधार शिविरमा आक्रमण गरेको बताएको छ । इरानको वायुसेनाले राजधानी तेहरान, खुजेस्तान र इलाम प्रान्तमा रहेको सैन्य अखडामा आक्रमण गरिएको जनाएको छ । इरानको वायुसेनाले पनि इजरायली हमलाको प्रतिकार गरेको तर, केही स्थानमा भने क्षति पुगेको बताएको छ । इजरायली सेनाले इरानको मिसाइल निर्माण स्थललाई निशाना बनाएको बताएको छ […]

Oct 26, 2024 - 06:43
 0
इरान भन्छ : इजरायलले सैन्य आधार शिविरमा आक्रमण गर्‍यो

काठमाडौं । इरानले इजरायलले आफ्नो सैन्य आधार शिविरमा आक्रमण गरेको बताएको छ ।

इरानको वायुसेनाले राजधानी तेहरान, खुजेस्तान र इलाम प्रान्तमा रहेको सैन्य अखडामा आक्रमण गरिएको जनाएको छ ।

इरानको वायुसेनाले पनि इजरायली हमलाको प्रतिकार गरेको तर, केही स्थानमा भने क्षति पुगेको बताएको छ ।

इजरायली सेनाले इरानको मिसाइल निर्माण स्थललाई निशाना बनाएको बताएको छ । इजरायलले गुप्तचर सूचनाको आधारमा इरानमा हवाई हमला गरेको हो ।

इजरायली विमानहरूले इरानको क्षेप्यास्त्र निर्माण स्थलमा आक्रमण गरेको थियो । साथै, सतहबाट हावामा मार हान्ने मिसाइल र अन्य इरानी सैन्य उपकरणलाई पनि यी आक्रमणमा निशाना बनाइएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register