प्रधानमन्त्री ओलीको आग्रह– हुँदै नभएका विषयलाई अनावश्यक विवादको मुद्दा नबनाऔँ

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले नभएका कतिपय विषयलाई अनावश्यक विवादको मुद्दा बनाउन नहुने बताएका छन् । विराटनगरमा सोमबार साँझ पत्रकारहरूको जिज्ञासाको जवाफ दिँदै उनले यस्तो बताएका हुन् । नेकपा (माओवादी केन्द्र)को विरोध र आन्दोलन सरकारमा नरहनुको छटपटी रहेको नेकपा (एमाले)का अध्यक्षसमेत रहेका ओलीले टिप्पणी गरे । उनले अहिले अमेरिकी स्टेट सपोर्ट प्रोग्राम (एसपीपी)को कुनै […]

Nov 12, 2024 - 04:17
 0
प्रधानमन्त्री ओलीको आग्रह– हुँदै नभएका विषयलाई अनावश्यक विवादको मुद्दा नबनाऔँ

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले नभएका कतिपय विषयलाई अनावश्यक विवादको मुद्दा बनाउन नहुने बताएका छन् । विराटनगरमा सोमबार साँझ पत्रकारहरूको जिज्ञासाको जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।

नेकपा (माओवादी केन्द्र)को विरोध र आन्दोलन सरकारमा नरहनुको छटपटी रहेको नेकपा (एमाले)का अध्यक्षसमेत रहेका ओलीले टिप्पणी गरे । उनले अहिले अमेरिकी स्टेट सपोर्ट प्रोग्राम (एसपीपी)को कुनै कुरा वा चर्चा नै नभएको बताए ।

संविधान संशोधनका लागि आयोग गठन हुन्छ भन्ने प्रश्नमा ओलीले यो विषय संसद्को विषय भएकाले आयोग गठन गरिरहनु नपर्ने स्पष्ट पारे ।

सरकारको निर्देशनबमोजिम नेपाल विद्युत् प्राधिकरणले लाइन काटिएका उद्योगमा लाइन जोडिएको छैन नि ? भन्ने प्रश्नमा उनले भने, ‘नजोडिएको भए हेर्दै जाउँ । हामी उद्योग र कलकारखानालाई काम गर्न सक्ने र आर्थिक समृद्धिका लागि आवश्यक काम गर्दै जानेछौँ ।’

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको १३औँ दीक्षान्त समारोहबाट प्रधानमन्त्री ओली विराटनगर हुँदै काठमाडौं फर्किएका थिए । –रासस

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register