यी हुन् टेस्टका दुवै इनिङ्समा शतक प्रहार गर्ने भारतीय खेलाडीहरू

नयाँ दिल्ली । आफ्नो देशको लागि टेस्ट खेल खेल्नु आफैमा महत्त्वपूर्ण विषय हो । साथै, टेस्टमा शतक वा दोहोरो शतक बनाउन विशेष मानिन्छ। भारतका लागि टेस्टका दुवै इनिङ्समा शतक प्रहार गर्ने ६ जना भारतीय ब्याट्सम्यानको सूची यसप्रकार छ । १.विजय हजारे पूर्व भारतीय क्रिकेटर विजय हजारे टेस्टको दुवै इनिङ्समा शतक बनाउने पहिलो भारतीय बनेका छन् […]

Oct 17, 2024 - 02:41
 0
यी हुन् टेस्टका दुवै इनिङ्समा शतक प्रहार गर्ने भारतीय खेलाडीहरू

नयाँ दिल्ली । आफ्नो देशको लागि टेस्ट खेल खेल्नु आफैमा महत्त्वपूर्ण विषय हो । साथै, टेस्टमा शतक वा दोहोरो शतक बनाउन विशेष मानिन्छ।

भारतका लागि टेस्टका दुवै इनिङ्समा शतक प्रहार गर्ने ६ जना भारतीय ब्याट्सम्यानको सूची यसप्रकार छ ।

१.विजय हजारे

पूर्व भारतीय क्रिकेटर विजय हजारे टेस्टको दुवै इनिङ्समा शतक बनाउने पहिलो भारतीय बनेका छन् । सन् १९४८ मा अष्ट्रेलिया विरुद्धको एडिलेड टेस्टमा उनले यो उपलब्धि हासिल गरेका थिए । विजय हजारेले पहिलो इनिङ्समा ११६ रन र दोस्रो इनिङ्समा १४५ रन बनाएका थिए ।

२.सुनिल गावस्कर

पूर्व भारतीय ब्याट्सम्यान सुनिल गावस्करले आफ्नो करियरमा टेस्टका दुवै इनिङ्समा तीन पटक शतक प्रहार गर्ने उपलब्धि हासिल गरेका थिए ।

उनले पहिलो पटक सन् १९७१ मा वेस्ट इन्डिजविरुद्ध गरेका थिए । उनले त्रिनिडाडमा खेलिएको टेस्टको पहिलो इनिङ्समा १२४ रन बनाएका थिए भने दोस्रोमा २२० रन बनाएका थिए। यस बाहेक गावस्करले सन् १९७८ मा वेस्ट इन्डिज र पाकिस्तान विरुद्ध पुनः यो उपलब्धि हासिल गरेका थिए ।

३.राहुल द्रविड

भारतीय पूर्व ब्याट्सम्यान राहुल द्रविडले टेस्टको दुई इनिङ्समा दुई पटक शतक प्रहार गरेका थिए । उनले पहिलो पटक सन् १९९९ मा न्युजिल्यान्ड विरुद्ध (१९० र नटआउट १०३ रन) यो उपलब्धि हासिल गरेका थिए । त्यसपछि सन् २००५ मा, राहुलले पाकिस्तान विरुद्धको पहिलो टेस्टको दुवै इनिङ्समा शतक बनाए।

४.विराट कोहली

भारतीय टोलीका रन मेसिन र पूर्व कप्तान विराट कोहलीले सन् २०१४–१५ को अष्ट्रेलिया भ्रमणमा पहिलो टेस्टका दुवै इनिङ्समा शतक बनाएका थिए। उनले एडिलेड टेस्टको पहिलो इनिङ्समा ११५ रन र दोस्रोमा १४१ रन बनाएका थिए।

५.अजिंक्य रहाणे

यो सूचीमा अनुभवी ब्याट्सम्यान अजिंक्य रहाणेको नाम पनि परेको छ । उनले सन् २०१५ मा दिल्ली टेस्टमा दक्षिण अफ्रिकाविरुद्ध यो कीर्तिमान गरेका थिए । रहाणेले पहिलो इनिङ्समा १२७ रन बनाएका थिए भने दोस्रो इनिङ्समा १ सय अपराजित रन बनाएका थिए ।

६. रोहित शर्मा

भारतका एकदिवसीय र टेस्ट टोलीका कप्तान रोहित शर्माले पनि पहिलो टेस्टका दुवै इनिङ्समा शतक बनाउने कीर्तिमान हासिल गरेका छन् । २०१९ मा दक्षिण अफ्रिकाविरुद्ध भिजागमा उनले पहिलो इनिङ्समा १७६ रन र दोस्रोमा १२७ रन बनाएका थिए।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register