धोबीघाट मेलोडी निबन्धसंग्रह विमोचन

काठमाडाैं । गितकार एवं साहित्यकार मुकुन्दराज शर्माको निबन्धकृति धोबीघाट मेलोडी सार्वजनिक भएको छ । ३० वर्षको शिक्षण यात्रामा २० हजारभन्दा बढी विद्यार्थीलाई प्रशिक्षण गर्दा हासिल गरेका रोचक र भावपूर्ण सामग्री प्रत्यक्ष रुपमा समेटिएका छन् । लिट्टल एन्जल्सका प्रिन्सिपल रहनुभएका शर्माको पुस्तक धोबीघाट मेलोडी शनिबार विमोचन भएको हो । निबन्ध संग्रहको विद्यालयका संस्थापक एवं राज्यमन्त्री उमेश […]

Oct 26, 2024 - 09:48
 0
धोबीघाट मेलोडी निबन्धसंग्रह विमोचन

काठमाडाैं ।

गितकार एवं साहित्यकार मुकुन्दराज शर्माको निबन्धकृति धोबीघाट मेलोडी सार्वजनिक भएको छ । ३० वर्षको शिक्षण यात्रामा २० हजारभन्दा बढी विद्यार्थीलाई प्रशिक्षण गर्दा हासिल गरेका रोचक र भावपूर्ण सामग्री प्रत्यक्ष रुपमा समेटिएका छन् ।

लिट्टल एन्जल्सका प्रिन्सिपल रहनुभएका शर्माको पुस्तक धोबीघाट मेलोडी शनिबार विमोचन भएको हो । निबन्ध संग्रहको विद्यालयका संस्थापक एवं राज्यमन्त्री उमेश श्रेष्ठ,ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन, विद्या लिम्बु, डा. दयाराम श्रेष्ठ, कुमारी लामा, एसपी कोइराला, विष्णुविभु घिमिरे, अशेष मल्ल, श्रीओम श्रेष्ठ रोदन, शकुन्तला शर्मा, निर्मला शर्मा, विनी श्रेष्ठ, र मान्यता शर्माले विमोचन गर्नुभयो ।

कार्यक्रममा उहाँले भन्नुभयो– गितकारको रुपमा चिनेको शर्माले निबन्ध संग्रह प्रकाशन गर्दा आफूलाई अत्यन्तै खुसी लागेको बताउनुभयो । भन्नुभयो–३० वर्षदेखि निरन्तर विद्यालयको वागडोर सम्हाल्नुभएका प्रिन्सिपल शर्माको योगदानलाई कसैले बिर्सन हुदैन ।

उहाँले अहिलेको अवस्थामा शिक्षामा आमुल परिवर्तनको आवश्यकता रहेको बताउनुभयो । निबन्धकार शर्माले एक सताब्दी पुरा गर्नुभएका वुवा निमानन्द शर्मा र ९५ वर्षिय आमा शोभादेवीको कोख र काखको मेरो जिवनमा प्रेरणा मिलेको र त्यसैको परिणामको कारण निबन्ध संग्रह तयार भएको बताउनुभयो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register