राष्ट्रिय कलाकारसंगै नटिङहममा दशैंतिहारको उल्लास

लन्डन- मिडल्यान्डको नटिङहम क्षेत्रमा बस्ने नेपालीहरुले विशेष कार्यक्रमसहित नेपाली पर्वहरु दशैंतिहारको उल्लास मनाएका छन् । नेपाली समाज नटिङहमको आयोजनामा गत सोमबार सम्पन्न दशैंतिहार शुभकामना साँझमा नेपालका राष्ट्रिय कलाकारसमेतले मनोरञ्जनात्मक प्रस्तुति गरेका छन् । तीन सय बढी स्थानीयको सहभागिता रहेको कार्यक्रममा चर्चित कलाकारद्धय रामकृष्ण बम मल्ल र कला लम्सालले सांगीतिक प्रस्तुति दिएका थिए । साथमा स्थानीय […]

Oct 26, 2024 - 12:24
 0
राष्ट्रिय कलाकारसंगै नटिङहममा दशैंतिहारको उल्लास

लन्डन- मिडल्यान्डको नटिङहम क्षेत्रमा बस्ने नेपालीहरुले विशेष कार्यक्रमसहित नेपाली पर्वहरु दशैंतिहारको उल्लास मनाएका छन् ।

नेपाली समाज नटिङहमको आयोजनामा गत सोमबार सम्पन्न दशैंतिहार शुभकामना साँझमा नेपालका राष्ट्रिय कलाकारसमेतले मनोरञ्जनात्मक प्रस्तुति गरेका छन् ।

तीन सय बढी स्थानीयको सहभागिता रहेको कार्यक्रममा चर्चित कलाकारद्धय रामकृष्ण बम मल्ल र कला लम्सालले सांगीतिक प्रस्तुति दिएका थिए । साथमा स्थानीय कलाकाले पनि आकर्षक नृत्यसहितका प्रस्तुतिबाट मनोरञ्जन दिलाएका थिए ।

समाजका अध्यक्ष रामप्रसाद पन्थीको अध्यक्षता रहेको कार्यक्रमलाई अध्यक्षसंगै संस्थापक अध्यक्ष रणबहादुर खाती क्षेत्री र वुमन फाउण्डेशनकी अध्यक्ष निरू चालिसेले पानसमा दीप बालेर उद्घाटन गरेका थिए ।

सो अवसरमा समाजका पूर्व अध्यक्ष एवम् एनआरएनए आइसीसी सदस्य विष्णु चालिसे, पूर्व अध्यक्ष प्रविण पाण्डे, पूर्व अध्यक्ष एवम् एनआरएनए यूके महासचिव गोविन्द खरेल, संस्थापक अध्यक्ष रणबहादुर खाती क्षेत्री र वुमन फाउण्डेसनकी अध्यक्ष निरू चालिसेले मन्तव्य राख्दै दशैंतिहारको शुभकामना दिएका थिए ।

समाजका पूर्व अध्यक्षसमेत रहेका साझा नेपाली समाज यूकेका वर्तमान अध्यक्ष दिपक सापकोटाले साझा नेपाली समाजको तर्फबाट सहभागीलाई स्वागत एवं सम्मान गरेका थिए।
समाजका उपाध्यक्ष मुकुन्दहरि खरालले स्वागत मन्तव्य दिएका थिए भने महासचिव बीरेन्द्र खड्का (रेशम) ले कार्यक्रम सञ्चालन र हेल्थ एण्ड सेफ्टी ब्रीफ गरेका थिए ।

कार्यक्रममा निवर्तमान अध्यक्ष रविन्द्र शर्माले हल सजावट, कोषाध्यक्ष रविन्द्र गिरी र कार्यसमिति सदस्य खगेन्द्र सहानी र अर्जुन सापकोटाले कोष व्यवस्थापन र राफल ड्र संयोजन गरेका थिए । खानपान व्यवस्थापन कार्यसमिति सदस्य चोलाकान्त न्यौपाने, भवानी आचार्य, हेमलाल गैरे र द्रोण डांगीले गरेका थिए ।

कार्यक्रमको हल सजावट र अतिथि सत्कार एवम् व्याज वितरणमा वुमन फाउन्डेसन अध्यक्ष निरु चालिसे र कला भट्टराईलगायत खटिएका थिए।

अध्यक्ष रामप्रसाद पन्थीले कार्यक्रमका सहभागीलाई स्वागत गर्दै कार्यक्रम सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेका थिए ।

कार्यक्रमको दोस्रो चरणमा मनोरञ्जनात्मक सत्र समाजका सदस्य यज्ञ डुम्रेले सञ्चालन गरेका थिए भने डिजे हेम विष्टले रमाइलो गीतहरुमा नचाएका थिए।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register