सडक अलपत्र पार्ने ठेकेदारलाई काम गर या छोड अभियानमा कोशी पूर्वाधार मन्त्री

भद्रपुर, ११ कात्तिक । सडक ठेक्कामा लिएर अलपत्र पार्ने ठेकेदारलाई काम छोड्ने या समयमा सम्पन्न गर्ने विकल्प रोज्न कोशी प्रदेश भौतिक पूर्वाधार मन्त्रालयले अभियान सञ्चालन गरेको छ । अलपत्र सडकको स्थलगत अनुगमन गर्दै मन्त्री सहित विज्ञ टोलीले कालो सूचिमा परेका निर्माण कम्पनीका ठेकेदारलाई छिटो काम गर्ने कि काम छोडेर मार्ग प्रसस्त गर्ने भन्दै कारवाही प्रकृया [...] The post सडक अलपत्र पार्ने ठेकेदारलाई काम गर या छोड अभियानमा कोशी पूर्वाधार मन्त्री appeared first on Jhapa Online.

Oct 27, 2024 - 02:14
 0
सडक अलपत्र पार्ने ठेकेदारलाई काम गर या छोड अभियानमा कोशी पूर्वाधार मन्त्री

भद्रपुर, ११ कात्तिक । सडक ठेक्कामा लिएर अलपत्र पार्ने ठेकेदारलाई काम छोड्ने या समयमा सम्पन्न गर्ने विकल्प रोज्न कोशी प्रदेश भौतिक पूर्वाधार मन्त्रालयले अभियान सञ्चालन गरेको छ ।

अलपत्र सडकको स्थलगत अनुगमन गर्दै मन्त्री सहित विज्ञ टोलीले कालो सूचिमा परेका निर्माण कम्पनीका ठेकेदारलाई छिटो काम गर्ने कि काम छोडेर मार्ग प्रसस्त गर्ने भन्दै कारवाही प्रकृया थालेको हो ।

अभियान अन्र्तगत भौतिक पूर्वाधारमन्त्री भुपेन्द्र राई, राज्यमन्त्री भूमिप्रसाद राजवंशी लगायत मन्त्रालयका सचिव, प्रमुख इञ्जिनियरको टोलीले सुनसरी जिल्ला अन्र्तगत धरान १५ को निरज बस्ती हुँदै हर्दिया पेलपुर ढाडे कन्या पोखरीबाट धरान १, ५, ४ जोड्ने सडकको स्थलगत अनुगमन गरी ठेकेदारसित काम गर्ने कि छोड्ने विषयमा स्थानीय सरोकारवाला बासिन्दा राखेर छलफल सम्पन्न गरेको छ ।

सडकको अवस्था, स्थानीयलाई परेको दुस्प्रभाव, राज्यलाई बढिरहेको आर्थिक भार जस्ता विषयमा केन्द्रीत भएर मन्त्री राई तथा राज्यमन्त्री राजवंशीले ठेकेदारलाई सच्चिएर काम गर्न चेतावनी समेत दिएका थिए । यो अभियान लिएर मन्त्रालयको टोली कोशी प्रदेशभरी स्थालगत अनुगमनमा जाने जनाइएको छ ।

The post सडक अलपत्र पार्ने ठेकेदारलाई काम गर या छोड अभियानमा कोशी पूर्वाधार मन्त्री appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register