झापामा छठको चहलपहल शुरु

झापा, २१ कात्तिक । हिन्दू धर्मावलम्बीहरुको दुई ठूला महत्वपूर्ण चाड दशैं र तिहार सकिए लगत्तै झापामा छठ पर्वको चहलपहल सुरु भएको छ । झापाका विभिन्न नदी, पोखरी र खोला–किनारहरूमा छठ पर्वको लागि घाट निर्माण र सजावटका काम सुरु भएको छ भने बजारमा छठका लागि आवश्यक सामग्री उपलब्ध हुन थालेका छन् । अहिले नदी–खोला घाटलाई झकिझकाउ [...] The post झापामा छठको चहलपहल शुरु appeared first on Jhapa Online.

Nov 6, 2024 - 00:40
 0
झापामा छठको चहलपहल शुरु

झापा, २१ कात्तिक । हिन्दू धर्मावलम्बीहरुको दुई ठूला महत्वपूर्ण चाड दशैं र तिहार सकिए लगत्तै झापामा छठ पर्वको चहलपहल सुरु भएको छ ।

झापाका विभिन्न नदी, पोखरी र खोला–किनारहरूमा छठ पर्वको लागि घाट निर्माण र सजावटका काम सुरु भएको छ भने बजारमा छठका लागि आवश्यक सामग्री उपलब्ध हुन थालेका छन् । अहिले नदी–खोला घाटलाई झकिझकाउ पारिँदै छ । छठ पूजाका लागि झापाको मेची, निन्दा, टिमाई, देउनियाँ, फूलवासा, अन्धुवा, बिरिङ, कनकाई, रतुवा लगायतका नदीहरूलाई दुलही झैँ सिँगारिने क्रम सुरु भएको छ ।

मैथिल समाज झापाका अध्यक्ष रमेशचन्द्र झाका अनुसार अनुसार भद्रपुरको मेची निन्दा नदीमा करिब एक हजार घाट निर्माण हुँदै छन् । सबै घाट हरेक वर्ष समाजले नै निर्माण गर्दै आएको उहाँको भनाइ छ । आर्थिक अवस्था कमजोर, न्यून आय भएकालाई समाजले निःशुल्क घाट उपलब्ध गराउने गरेको अध्यक्ष झाको भनाइ छ ।

मेची नदीमा करिब दुई लाख मानिसले अवलोकन गर्ने समाजको अनुमान छ । समितिले पूजा तथा दर्शन गर्न आउनेहरूका लागि स्थानीय प्रशासनसँग समन्वय गरेर सुरक्षा व्यवस्था मिलाएको छ । छठ पर्वलाई व्यवस्थित गर्न समाजले स्थानीय सरकार भद्रपुर नगरपालिकासँग आवश्यक समन्वय गरेको झाले बताउनुभयो ।

झापाकै सबैभन्दा ठूलो छठ पूजा भद्रपुरस्थित मेची नदीमा हुने गरेको छ । नेपाल र भारतलाई छुट्ट्याउने मेची नदीमा करिब हजार वटा पूजाका घाट बनाइँदै छ । मेची नदीको पूर्वतर्फ भारतीय र पश्चिमतर्फ नेपालका व्रतालुहरूले पूजा गर्ने गरेका छन् । यसैगरी, छठ समाज सेवा समिति विर्तामोड, छठ पूजा समिति मेचीनगरले पनि स्थानीय विरिङ तथा निन्दा नदी घाटमा छठ पूजाको तयारी गरिरहेका छन् ।

The post झापामा छठको चहलपहल शुरु appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register