चन्द्रगढी सेवा समाजको पाँचौं सभा सम्पन्न

भद्रपुर, ११ कात्तिक । सामाजिक अभियान चलाइरहेको चन्द्रगढी सेवा समाजको पाँचौं वार्षिक साधारण सभा विविध कार्यक्रमका साथ सम्पन्न गरिएको छ । समाजका अध्यक्ष नयाँनाथ पाण्डेको अध्यक्षता तथा कोशी प्रदेशका खानेपानी, उर्जा तथा सिञ्चाई मन्त्री एकराज कार्काीको प्रमुख आतिथ्यमा जग्गादाता सम्मान लगायत विविध गतिविधिका साथ सभा सम्पन्न गरिएको हो । गायक अर्जुन खरेलले राष्ट्रभक्ति गीत गायन [...] The post चन्द्रगढी सेवा समाजको पाँचौं सभा सम्पन्न appeared first on Jhapa Online.

Oct 27, 2024 - 02:14
 0
चन्द्रगढी सेवा समाजको पाँचौं सभा सम्पन्न

भद्रपुर, ११ कात्तिक । सामाजिक अभियान चलाइरहेको चन्द्रगढी सेवा समाजको पाँचौं वार्षिक साधारण सभा विविध कार्यक्रमका साथ सम्पन्न गरिएको छ ।

समाजका अध्यक्ष नयाँनाथ पाण्डेको अध्यक्षता तथा कोशी प्रदेशका खानेपानी, उर्जा तथा सिञ्चाई मन्त्री एकराज कार्काीको प्रमुख आतिथ्यमा जग्गादाता सम्मान लगायत विविध गतिविधिका साथ सभा सम्पन्न गरिएको हो ।

गायक अर्जुन खरेलले राष्ट्रभक्ति गीत गायन गरेको कार्यक्रममा समाजको भवन निर्माणका लागि जग्गा दान दिने अम्बरबहादुर कार्कीलाई सम्मान पत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मन्त्री कार्कीले समाजलाइृ सही गतिमा लैजान सामाजिक संस्थाको भूमिका महत्वपूर्ण रहने धारणा राखे । उनले विधि र प्रकृया नमान्ने अराजक गतिविधि बढेकै कारण देशमा अराजनीतिक चरित्रले प्रवेश पाएकाले कानूनलाई चुनौति दिन दलको भण्डा दुरुपयोग भइरहेका भन्दैे नियम कानून अनुसार चल्न सवैलाई अनुरोध समेत गरे ।

मन्त्री कार्कीले देशको राजनीति संकटतिर गएकै कारण काँग्रेस एमाले एक ठाउँ उभिएर सरकार निर्माण गरेको भन्दै सहकारी अपचलन मुद्धा प्रभावित पार्न सडकमा भीड देखिनु अराजनीतिक संस्कार भएको जिकिर गरे ।

यस्तै कार्यक्रममा विशिष्ठ अतिथि भद्रपुर नगर प्रमुख गणेश पोखरेलले सभ्य र समृद्ध समाज निर्माण गर्न सामाजिक संस्थाको योगदान अपरिहार्य रहेको बताए । प्रमुख पोखरेलले निस्वार्थ सेवा गर्ने सामाजिक संस्थाले मात्र समाज रूपान्तरणका लागि जागर ल्याउन सक्ने विचार राखेका थिए ।

बरिष्ठ उपाध्यक्ष देवीमाया अधिकारीले सञ्चालन गरेको कार्यक्रममा भद्रपुर ७ का वडाध्यक्ष अभिषेक ढुंगाना, बाल सञ्जाल भद्रपुरका सहसचिव श्रीयम अधिकारी लगायतले धारणा राख्दै सामाजिक जागरण र समानताका लागि संस्था निरन्तर लागिरहनु पर्ने धारणा राखेका थिए । दीपबहादुर राउतले सञ्चालन गरेको कार्यक्रममा संस्थाका वाषर््िाक गतिविधि र आगामी योजना समेत अध्यक्षद्वारा प्रस्तुत गरिएको थियो ।

The post चन्द्रगढी सेवा समाजको पाँचौं सभा सम्पन्न appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register