कनकाईमा कानूनी परामर्श सम्बन्धी तालिम सम्पन्न

कनकाई, ११ कात्तिक । झापाको कनकाई नगरपालिका–२ मा कानूनी परामर्श सम्बन्धी तालिम सम्पन्न भएको छ। नगरपालिकाको न्यायिक समिति, मेलमिलापकर्ता, वडाका निर्वाचित पदाधिकारी र सामाजिक स्वयम्सेवकका लागि कनकाई नगरपालिकाको समन्वय र कारितास नेपालको आयोजनामा उक्त तालिम शनिबार सम्पन्न भएको हो । तालिम कन्काई नगरपालिकाको उपप्रमुख तथा कन्काई नगरपालिका न्यायिक समितिको संयोजक आशा शर्मा शिवाकोटीको प्रमुख आथित्यता [...] The post कनकाईमा कानूनी परामर्श सम्बन्धी तालिम सम्पन्न appeared first on Jhapa Online.

Oct 27, 2024 - 02:38
 0
कनकाईमा कानूनी परामर्श सम्बन्धी तालिम सम्पन्न

कनकाई, ११ कात्तिक । झापाको कनकाई नगरपालिका–२ मा कानूनी परामर्श सम्बन्धी तालिम सम्पन्न भएको छ।

नगरपालिकाको न्यायिक समिति, मेलमिलापकर्ता, वडाका निर्वाचित पदाधिकारी र सामाजिक स्वयम्सेवकका लागि कनकाई नगरपालिकाको समन्वय र कारितास नेपालको आयोजनामा उक्त तालिम शनिबार सम्पन्न भएको हो ।

तालिम कन्काई नगरपालिकाको उपप्रमुख तथा कन्काई नगरपालिका न्यायिक समितिको संयोजक आशा शर्मा शिवाकोटीको प्रमुख आथित्यता र वडा नं २ का वडा अध्यक्ष बलराम राईको अध्यक्षतामा मिति २०८१ कार्तिक ९ र १० गते २ दिन सम्म सञ्चालन भएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि नगरपालिका उपप्रमुख तथा न्यायीक समिति संयोजक शिवाकोटीले मेलमिलाप विवाद समाधानको बैकल्पिक उत्तम उपाय भएको र मेलमिलाप प्रक्रियाबाट विवाद समाधान भएमा छिटो छरितो एवं जित जितको अबस्था भै पक्षहरू बीच सामाजिक सम्बन्ध समेत पुनःस्थापित हुने हुदा मेलमिलापको ठूलो महत्व रहेको बताउनु भयो।

उहाले न पा का सबै वडामा सामुदायिक मेलमिलाप केन्द्र स्थापना भएको र ती मेलमिलाप केन्द्र लक्षित गरेर कानूनी परामर्शको तालिम आवश्यक रहेको हुदा मेलमिलाप कर्ताका लागी बेलाबेला यसरीअन्तरक्रिया छलफल हुनु पर्ने धारणा समेत राख्नु भएको थियो। सहभागीको तर्फबाट बोल्दै पुष्पप्रसाद ओझा र उषा मैनाली चुडालले तालिममा सिकेको कुरा ब्यवहारमा लागु गरिनेछ भनि बताउनु भयो।

तालिमको सहजीकरण झापा जिल्ला अदालतका शाखा अधिकृत एवं मेलमिलाप प्रशिक्षक रामचन्द्र बस्नेत र अधिवक्ता एवं मेलमिलाप प्रशिक्षक सानू कार्कीले गर्नु भएको थियो भने तालिममा कन्काइ न पा न्यायिक समिति सदस्य, ९ वटै वडाका मेलमिलाप कर्ता सहित २८ जनाको सहभागीको रहेको थियो।

The post कनकाईमा कानूनी परामर्श सम्बन्धी तालिम सम्पन्न appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register