कनकाईलाई जिल्ला स्तरीय आमन्त्रित कराँते प्रतियोगिताको उपाधि

शिवसताक्षी, ११ कात्तिक । झापाको माइधारमा भएको जिल्ला स्तरीय आमन्त्रित कराँते प्रतियोगितामा कनकाई नगरपालिका प्रथम भएको छ । कनकाई १६ गोल्डमेडल सहित प्रथम स्थान हासिल गरेको हो । अर्जुनधारा नगरपालिका १३ गोल्ड र १२ सिल्भर मेडलसहित दोस्रो स्थानमा र आयोजक माइधार १३ गोल्ड र ८ सिल्भर प्राप्त गर्ने तेस्रो स्थान हासिल गरेको कराँते महासंघ जिल्ला [...] The post कनकाईलाई जिल्ला स्तरीय आमन्त्रित कराँते प्रतियोगिताको उपाधि appeared first on Jhapa Online.

Oct 27, 2024 - 02:44
 0
कनकाईलाई जिल्ला स्तरीय आमन्त्रित कराँते प्रतियोगिताको उपाधि

शिवसताक्षी, ११ कात्तिक । झापाको माइधारमा भएको जिल्ला स्तरीय आमन्त्रित कराँते प्रतियोगितामा कनकाई नगरपालिका प्रथम भएको छ ।

कनकाई १६ गोल्डमेडल सहित प्रथम स्थान हासिल गरेको हो । अर्जुनधारा नगरपालिका १३ गोल्ड र १२ सिल्भर मेडलसहित दोस्रो स्थानमा र आयोजक माइधार १३ गोल्ड र ८ सिल्भर प्राप्त गर्ने तेस्रो स्थान हासिल गरेको कराँते महासंघ जिल्ला अध्यक्ष तथा जिल्ला खेलकुद विकास समिति प्रवक्ता जगन दुर्वासा कार्कीले जानकारी दिए । विजेताले शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् । प्रतियोगितामा झापा जिल्लाभरबाट ३२० खेलाडी सहभागी भएका थिए ।

प्रतियोगिताको उद्घाट कोशी प्रदेशका पूर्व मुख्य मन्त्री केदार कार्कीले गरेका हुन् । उद्घाटनका क्रममा उनले नेपाल मात्र नभएर विश्वका धेरै राष्ट्रहरुलाई खेल आफ्नो देशलाई चिनाउने काम गरेको बताए । किताबी ज्ञान मात्र होइन खेलकुद पनि मानव जिवनमा अपरिहार्य चिज हो । उनले भने, आफ्नो स्वास्थ्य र देशको काम उच्च राख्न खेल धेरै महत्व पूर्ण छ । उनले विद्यार्थीहरुलाई हौसला दिदै भने, खेलमा हार जित हुन्छ । त्यो स्वाभाविक हो । तर त्यसबाट प्राप्त गरेको ज्ञान चै ठूलो हो ।

कार्यक्रममा शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्की, शिवसताक्षी नगरपालिका वडा नं. १० का वडाध्यक्ष हर्क सिगु, लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा जिल्ला खेलकुद विकास समिति कार्यालय प्रमुख राखेप प्रशिक्षक तथा रेफ्री कमिनर संयोजक कृषणकुमार नेम्वाङ्ग र कराँते महासंघ जिल्ला अध्यक्ष तथा जिल्ला विकास समतिका कार्यालय प्रमुख, राखेप प्रशिक्षण्क तथा रेफ्री कमिसर संयोजक कृष्ण कुमार नेम्वाङ्ग र झापा क्षेत्र नं. ४ का कराँते संस्थापक युवराज पाठकलाई सम्मान गरिएको थियो । उनीहरुलाई पूर्व मुख्य मन्त्री केदार कार्की र शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्कीले सम्मान प्रत्र हस्तान्तरण गरेका थिए ।

प्रतियोगिताको विजेताहरुलाई लगाइएको मेडल शिवसताक्षी नगरपालिका वडा नं. ७ का समाजसेवी खड्ग कार्कीले निशुल्क प्रदान गरेका आयोजक माइधार कराँते संघले जनाएको छ । प्रतियोगिताको कराँते महासंघ उपाध्यक्ष जिवन राई, राजेन्द्र लिम्बु लगायत ३० जना रेफ्रीहरुले सहजीकरण गरेका थिए ।

प्रतियोगिताको उद्घाटन कार्यक्रममा शिवसताक्षी नगरपालिका वडा नं. ६ का वडाध्यक्ष मनोज खुलाल, वडा सदस्य दिपक पोख्रेल, दोमुखा धार्मिक पर्यटन विकास संस्थाका अध्यक्ष धनराज लावती, विभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधि, छिमेकी पालिका वडाध्यक्षहरु लगायतको उपस्थिति रहेको थियो ।

कराँते महासंघ जिल्ला अध्यक्ष तथा जिल्ला खेलकुद विकास समिति प्रवक्ता जगन दुर्वासा कार्कीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन कार्यक्रम राखेप कराँते प्रशिक्षक दुर्गाराज निरौलाले गरेका थिए ।

The post कनकाईलाई जिल्ला स्तरीय आमन्त्रित कराँते प्रतियोगिताको उपाधि appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register