सुनको मूल्य अहिलेसम्मकै उच्च, चाँदी पनि बढ्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य गत शुक्रबारको तुलनामा तोलामा १ हजार ४ सय रूपैयाँले बढेर अहिलेसम्मकै उच्च मूल्यको रेकर्ड बनाएको हो । आज छापावाल सुन तोलाको १ लाख ६७ हजार ४ सय रूपैयाँमा कारोबार भइरहेको छ । यसअघि कार्तिक ८ गते […]

Oct 27, 2024 - 05:01
 0
सुनको मूल्य अहिलेसम्मकै उच्च, चाँदी पनि बढ्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य रेकर्ड कायम गरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य गत शुक्रबारको तुलनामा तोलामा १ हजार ४ सय रूपैयाँले बढेर अहिलेसम्मकै उच्च मूल्यको रेकर्ड बनाएको हो ।

आज छापावाल सुन तोलाको १ लाख ६७ हजार ४ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि कार्तिक ८ गते छापावाल सुन प्रतितोला एक लाख ६६ हजार सात सय रूपैयाँमा कारोबार हुँदै रेकर्ड कायम गरेको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आइतबार चाँदी तोलामा १५ रूपैयाँले बढेर २ हजार ८५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register