दमकका निरौला हत्यामा संलग्न तीन जना पक्राउ

झापा, ११ कात्तिक । झापा दमक नगरपालिकाका एक युवाको हत्यामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । दमक–९ का ३७ वर्षीय देशु भन्ने यमु निरौलाको हत्यामा संलग्न उर्लाबारी नगरपालिका–६ का ४२ को प्रकाश कार्की, उर्लाबारी–७ का ४९ वर्षीय ध्रुव गौतम र संखुवासभा मादी–१० घर भई दमक–३ दुम्सेमा बस्दै आएका २६ वर्षीय गणेश दर्जी प्रहरीले [...] The post दमकका निरौला हत्यामा संलग्न तीन जना पक्राउ appeared first on Jhapa Online.

Oct 27, 2024 - 07:38
 0
दमकका निरौला हत्यामा संलग्न तीन जना पक्राउ

झापा, ११ कात्तिक । झापा दमक नगरपालिकाका एक युवाको हत्यामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

दमक–९ का ३७ वर्षीय देशु भन्ने यमु निरौलाको हत्यामा संलग्न उर्लाबारी नगरपालिका–६ का ४२ को प्रकाश कार्की, उर्लाबारी–७ का ४९ वर्षीय ध्रुव गौतम र संखुवासभा मादी–१० घर भई दमक–३ दुम्सेमा बस्दै आएका २६ वर्षीय गणेश दर्जी प्रहरीले पक्राउ गरेको हो ।

कात्तिक ६ गते दिउँसो दमक–३ उज्यालो टोल विकास संस्थाको दक्षिण स्थित बगर टोलमा जग्गाको विषयमा भेला भएका बेलामा उनीहरुले निरौलालाई कुटपिट गरी हत्या गरेका थिए । घटनामा संलग्न प्रकाश कार्की र ध्रुव गौतमलाई सोही दिन पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घटनापछि फरार रहेका गणेश दर्जीलाई खटिएको विशेष प्रहरी टोलीले शनिबार काँकरभिट्टाबाट पक्राउ गरेको हो ।

घटनास्थलमा रहेको मे १ च २३९९ र प्रदेश १–०१–००१ च ८६३१ नम्बरका सवारी साधनसमेत प्रहरीले नियन्त्रणमा लिएको छ । घटनामा संलग्न अन्य फरार प्रतिवादीको समेत खोजतलास कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

The post दमकका निरौला हत्यामा संलग्न तीन जना पक्राउ appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register