स्वामीकार्तिकका नेतालाई चुनावको चटारो, मतदालाई इन्डिया जान हतारो  

  बाजुरा। निर्वाचन आयोग नेपालले देशभर उपनिर्वाचनको मिति तय गरेसंगैं बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकामा चुनावी चहलपहल बढेको छ । आगामी मंशिर १६ गते हुने उप निर्वाचनमा उपाध्यक्ष पद हात पार्न बाजुराका क्रियाशील राजनीतिक दलले चुनावी चहलपहल बढाएका छन् ।    यता सर्वसाधारण मतदाता भने कतिवेला  कार्तिकको काम सकौंं र इन्डिया  जाउँला भन्ने हतारोमा छन् । […]

Oct 27, 2024 - 08:06
 0
स्वामीकार्तिकका नेतालाई चुनावको चटारो, मतदालाई इन्डिया जान हतारो  

  बाजुरा।

निर्वाचन आयोग नेपालले देशभर उपनिर्वाचनको मिति तय गरेसंगैं बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकामा चुनावी चहलपहल बढेको छ । आगामी मंशिर १६ गते हुने उप निर्वाचनमा उपाध्यक्ष पद हात पार्न बाजुराका क्रियाशील राजनीतिक दलले चुनावी चहलपहल बढाएका छन् । 

  यता सर्वसाधारण मतदाता भने कतिवेला  कार्तिकको काम सकौंं र इन्डिया  जाउँला भन्ने हतारोमा छन् । जिल्लाकै विकट एवं अति गरिब बस्तीका रुपमा चिनिने स्वामिकार्तिक खापर गाउँपालिकाका नागरिकले  हिउँदका छ महिना भारत पसेर कुल्ली काम गर्ने र वैशाखमा घर फर्केर खेती किसान काम गर्ने प्रचलन छ । 
 आफ्नो उत्पादित खेतीपातीले घर जहान पाल्न मुस्किल हुने हुँदा  हिउँद इन्डिया  बर्खामा घरखेती गर्छन् । गाउँमा रोजगारी छैन भरत गएर कुल्ली काम गरेर एकसरो कपडा फेरेर आउँछौँ,स्थानीय अर्जुन  विकले भने । गाउँमा उत्पादन छैन नुन,तेल चामल र एकसोरो कपडाको लागि सापटीले हिउँदका छ महिना इन्डिया   नगई पेट पालिँदैन । हिउँदमा त घरमा  महिला ,बालबालिका र वृद्ध मात्र हुन्छन् । स्थानीय शिक्षक दानबहादुर धामीले भने । मान्छेलाई पेटपालन इन्डिया जाने चटारो छ  धेरै गइसके । रहेका पनि तिहार सकिने बित्तिकै प्रदेशिन्छन् उनले भने । 

“ मंसिर १६मा  हुने उपनिर्वाचन हाम्रो अनुकुलमा छैन ,कतिखेर काम सकौंला र इन्डिया बाईजांउला ( गैजाउँला )भन्ने सुरमा छौं ।  कमाउने वेला यिनलाई बोट हाल्न ( मतदान गर्न ) बसे  हाम्रा जहान परिवार कोले पालिदिन्छ ?, चुनाव होस् वा  नहोस् हामी त जान्छौँ इन्डिया ”स्वामिकार्तिक  खापर गाउँपालिका वडानं दुई मुक्तीकोटका भैरे कामीको भनाई छ । 

स्वामीकार्तिक  खापर गाउँपालिकाका अध्यक्ष एवं नेपाली काँग्रेस जिल्ला कार्यसमिति अध्यक्ष भरत रोकायाका अनुसार  विगतको चुनाव झैँ  यो चुनावमा मतदातामा त्यति उत्साह देखिँदैन ।  यो सिजन रोजगारीका लागि बाहिरिने सिजन हो । प्राय सबै युवाहरू रोजगारका लागि बाहिर गइसकेका छन् । २०७९ को निर्वाचनमा  यस  गाउँपालिकामा ७४७३ मतदाता थिए ५३०० मत खसेको थियो । आउँदो उपनिर्वाचनमा  ३५ सय बढी  मत खस्ने अनुमान अध्यक्ष रोकायाको छ । तत्कालीन उपाध्यक्ष मैनादेवी जोशीको अल्पायुमै मृत्यु भएपछि नेपाली कांग्रेसले उनकै परिवारबाट उम्मेदवार बनाउने सोच गरेको थियो। उनको परिवारबाट हामी विरासतको राजनीति नगर्ने बरु पार्टीलाई सघाउने भन्ने कुरा भएपछि  उनका छोरा नहकुल जोशीको सहमति अनुसार अब अरु उम्मेदवार उठाउने योजनामा छौं नेपाली काँग्रेस जिल्ला कार्य समिति सचिव रोकायाले भने ।

 गाउँपालिका उपाध्यक्ष पदका लागि नेपाली   काँंग्रेसबाट  वडानं तिन जुकोटकी उपशरा शाही ,पुल्तीसरा शाही छन् भने वडा नं ४ कि तारा गिरी  प्रत्याशीका आकांक्षी हुन ।  शनिवार दिउँसो गाउँ कार्य समितिको बैठकले सकभर एकल उम्मेदवार बनाउन पहल गर्नेछ । नसके जिल्लामा पठाउँछौं। अहिले सम्म एक्ला एक्लै भिड्ने योजनामा छौं अन्तमा कुनै दलसँग तालमेल पनि हुन सक्छ । ती उम्मेदवार साझा उम्मेदवार हुनेछन् सचिव रोकायले भने । 

नेकपा एमालेले पनि २०७९ को निर्वाचनमा पराजित सूलोचना भण्डारीलाई एकल उम्मेदवार बनाउने भएको छ । उनी गाउँपालिकाबाट सिफारिस भैसकेकी छन्। १२ गते जिल्ला कमिटीले निर्णय गरी प्रदेश पठाउनेछ । २२ गते प्रदेशबाट केन्द्र पठाइने छ, नेकपा एमाले जिल्ला कमिटी सचिव काशी विकले भने ।
 चुनावमा औपचारिक गतिविधि नगरे पनि सुसुप्तरुपमा भेटघाट जारी छ  एमालेको हकमा सिंगल भिड्नेछौँ सचिव विकले भने । समाजवादीवाला साथीहरु चरम असन्तुष्ट हुंदै अर्को दल गठन गरी सकेपछि ऊनीहरूसँग तालमेल गर्ने कुरै छैन । कांग्रेस एमाले मुख्य प्रतिस्पर्धी हुन् । माओवादीसंग पनि कुनै साँठगाँठ छैन उनले भने । स्वामिकार्तिक तिन कंडारावाडाका करिब पाँच सय मतदाताले २०४६ साल देखि स्वतन्त्र मतदान गर्न पाएका छैनन् भन्ने छ किन यस्तो होला ? नेपाल समाचारपत्रसँगको कुराकानीमा सचिव विकले भने “एमालेको आठौं जिल्ला अधिवेशनले बाजुरामा चुनावी संस्कारको विकास गर्ने चुनावी घोषणापत्र लिएर मत माग्ने हो ।बाजुरामा निष्पक्ष स्वच्छ निर्वाचन गराउन सबै राजनीतिक दल एकठाउँ आउनैपर्छ, । ” सचिव बिकको भनाई छ । सधैंभरी मत कब्जा ,शक्ती र बल प्रयोग गरी दादागिरी गरेर जितेको चुनावबाट सही प्रतिनिधित्व नहुने हुँदा यसमा सबै दलका नेता कार्यकर्ताले सचेत हुन जरुरी छ उनले भने । 

नेकपा माओवादीले पनि अहिले सम्म आफ्नो उम्मेदवार निर्क्योल गरी सकेको छैन। पार्टीमा सशस्त्र जनयुद्धबाट आएका धेरै मान्छे छौं । उपाध्यक्ष पदको दाबेदार म पनि हुँ , यद्यपि   निर्वाचन आयोग नेपालले उपाध्यक्षमा  महिलालाई मात्र प्रतिस्पर्धामा  उतार्नु भन्ने लिखित आएपछि अनुशासनको दायरामा बस्नु पर्छ भन्ने हो नेकपा माओवादी केन्द्र जिल्ला कमिटी सचिव रमेश विकले भने ।

 माथिबाट अध्यक्ष कम्रेड “प्रचण्ड”ले सत्ताधारी दलसंग गठबन्धन नगर्नु भन्ने निर्देशन  छ । अहिले सम्म हामी सिंगल  सिंगल लड्ने योजनामा छौं । यसले हाम्रा मतको पनि पहिचान हुने छ उनले भने ।  उपाध्यक्षका लागि अहिलेसम्म प्रदेश कोषाध्यक्ष कमलकुमारी शाह ( शाही ) जनमुक्ति सेना प्लाटुन कमान्डर राजु विक ममता भण्डारी र सुन्दिरा रोकाया लगायत चार जना छन्।  कार्तिक १३ गतेको बैठकले टुंगो लगाउने छ सचिव विकले भने । अहिले सम्म सिंगल भिड्ने भन्ने छ चुनाव वरिपरि के हुन्छ यसै भन्न  सकिन्न  । नेकपा माओवादीसंग स्वामिकार्तिकमा नौं सय मत छ सात सय एक छापे भएकोले माओवादीले तालमेल गरी अरुलाई सघाउने वा आफ्नो मतको संरक्षण गर्ने हेर्नबांकी छ उनले भने । स्वामिकार्तिक तिन कँडारवाडाका पाँच सय बढी  मतदाताले २०४६ यता आफ्नो मताधिकार प्रयोग गर्न नपाएको असन्तुष्टि राख्दै स्वच्छ निष्पक्ष निर्वाचन सम्पन्न हुन्छ भन्नेमा शङ्कै छ उनले भने । 

     नेकपा एकीकृत समाजवादी पार्टीबाट पनि अहिले सम्म को उम्मेदवार बन्ने भन्ने चर्चा बाहिरिएको छैन । पार्टीको बैठक पनि बसेको छैन । केन्द्रको राजनीतिले पनि अलि असर त पार्ने नै भयो । तर जिल्ला भूगोल र परिवेश हेरी स्थानीय दलसँग तालमेल पनि हुनसक्छ । सिंगल लडेर आफ्ना मत सुरक्षित गर्न पनि सक्छ । नेकपा (एकीकृत समाजवादी) पार्टीका जिल्ला कमिटी सहसचिव दीर्घराज पाध्यायले भने । 

 राप्रपाले पनि स्वामिकार्तिक खापर गाउँपालिकाको उपाध्यक्ष पदमा अवस्था हेरी उम्मेदवार उठाउँनेछ । उम्मेदवार उठाउन निर्वाचन आयोग समक्ष आवश्यक प्रक्रिया पूरा गर्देछौं आगामी मंसिर तिन गते राप्रपा अध्यक्ष राजेन्द्र लिंंदेल र प्रवक्ता ज्ञानेन्द्र शाही कोल्टीको आमसभालाई सम्बोधन गर्न आउँदै छन् । त्यसपछि अवस्थाअनुसार भूगोल हेरेर हाम्रो उम्मेदवार उठाउँछौँ राप्रपा जिल्ला कमिटी सचिव दलबहादुर थापाले भने । 

 स्वामिकार्तिक खापर गाउँपालिकाकी तत्कालीन उपाध्यक्ष मैनादेवी जोशीको गत माघ ४ गते मृत्यु  भएको थियो । २०७९को मतदातामा एक सय एकजना मतदाताको मृत्यु  भएको भन्दै जिल्ला निर्वाचन कार्यालयले मंगलवार मतदाता सुचीबाट उनीहरुको नाम हटाएको छ ।  आसन्न  उपनिर्वाचनलाई लक्षित गरी दलका कार्यकर्ता गाउँघुम्ने दाउमा छन् । मतदाता भने  रोजगारीका लागि घर छोड्न बाध्य छन् ।   

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register