सफा हिमाल अभियानका सरदार शेर्पासहित तीन जनाको निधन
काठमाडौँ । सफा हिमाल अभियानकर्ता आङकाजी शेर्पासहित तीन आरोहीको दुःखद निधन भएको छ ।
सफा हिमाल अभियान– २०२३ का सरदारसमेत रहेको शेर्पाका सोमवार दुःखद निधन भएको हो । उहाँ विगत तीन वर्षदेखि सफा हिमाल अभियानमा नेतृत्वदायी भूमिकामा हुनुहुन्थ्यो।
ओखलढुङ्गा निवासी शेर्पा सगरमाथाको बेस क्याम्प–२ मा क्याम्प म्यानेजरको भूमिकामा रहँदै गर्दा उहाँ अचेत हुन पुग्नुभएको थियो । सफाइ अभियानमा प्रयोग गरिएका सामानहरू फिर्ता गर्ने तयारी गर्दै गर्दा अचेत अवस्थामा पुग्नुभएका शेर्पाको सोमवार निधन हुन पुगेको नेपाली सेनाले जनाएको छ ।
उहाँको पार्थिव शरीरलाई जेठ ८ गते नेपाली सेनाको हेलिकोप्टरद्वारा लुक्लाबाट काठमाडौँ ल्याइ पोस्टमार्टम गरी परिवारजनलाई बुझाइएको छ । उहाँसहित निधन भएका थप दुई शेर्पाको पार्थिव शरीर पनि परिवारजनलाई बुझाइएको छ ।
What's Your Reaction?






