त्रियुगा नपामा डेंगु नियन्त्रण अभियान

उदयपुर । उदयपुर जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा मच्छरको टोकाईबाट हुने डेंगु रोग नियन्त्रणका लागि अभिमुखी कार्यक्रममार्फत अभियान संचालन गरिएको छ । आइतबार विहान त्रियुगा नगरपालिका स्वास्थ्य शाखाद्धारा आयोजितडेंगी रोग रोकथाम तथा नियन्त्रणको लागि लामखुट्टेको लार्भा,खोज र नष्ट गर अभिमुखी कार्यक्रममा वक्ताहरुले विगतदेखि नै डेंगी रोगबाट त्रियुगा नगरपालिकामा बिरामीहरु बढ्दै गएकोले सबै पक्ष एकजुट भएर नियत्रणकालागि […]

Oct 27, 2024 - 09:30
 0
त्रियुगा नपामा डेंगु नियन्त्रण अभियान

उदयपुर ।

उदयपुर जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा मच्छरको टोकाईबाट हुने डेंगु रोग नियन्त्रणका लागि अभिमुखी कार्यक्रममार्फत अभियान संचालन गरिएको छ ।


आइतबार विहान त्रियुगा नगरपालिका स्वास्थ्य शाखाद्धारा आयोजितडेंगी रोग रोकथाम तथा नियन्त्रणको लागि लामखुट्टेको लार्भा,खोज र नष्ट गर अभिमुखी कार्यक्रममा वक्ताहरुले विगतदेखि नै डेंगी रोगबाट त्रियुगा नगरपालिकामा बिरामीहरु बढ्दै गएकोले सबै पक्ष एकजुट भएर नियत्रणकालागि अघि बढ्नु पनेृ र मच्छर बस्ने ठाउँहरु खाल्डा खुल्डीमा जमेको पानी सफा गर्ने, पुर्ने फोहर पानीको श्रोत बन्द गर्ने, मोटर ग्यारेज, मोटरसाइकल ग्यारेजमा जम्मा हुने फोहर सफा गर्ने काम गर्दा डेंगी रोग नियन्त्रण हुन सक्ने कुरामा जोड दिइएको छ ।


उदयपुर अस्पतालमा उपचार गराउन आउने बिरामी मध्ये बढी त्रियुगा नपाका हुने र त्यसमा पनि डेंगी रोगबाट पीडित हुनेहरु पनि त्रियुगा नपा कै बढी भएकोले अभियान संचालन गरिएको सो कार्यक्रममा जानकारी गराइएको थियो । कार्तिक १० गते सम्ममा त्रियुगा नपाभित्रमात्र १ सय ७५ जना डेंगी रोगबाट पीडित भै उपचार गराइरहेकोले आउँदा दिनमा यो संख्या बढ्न नदिन अभियान संचालन आवश्यक भएको कार्यक्रममा जानकारी दिइएको थियो ।


सो कार्यक्रममा त्रियुगा नगरपालिकाका मेयर बसन्त बस्नेतले डेंगी रोग तथा असल कामको विषयमा सामाजिक सञ्जालमा कसैले पनि सूचना नहालेको तर अनावश्यक कुरामा भने सामाजिक सञ्जालमा बहस हुने गरेको बताउँदै असल कामका विषयमा, चेतना मुलक कुरामा सबैले चेतनशील भएर काम गर्नु पर्ने बताए ।


त्रियुगा नगरपालिकाकी उप मेयर महेश्वरी राईले डेंगी रोगले हाम्रो ज्यान जोखिममा पर्ने भएकोले सबैले यो नियन्त्रण गर्न अघि बढ्नु पर्ने र केही व्यवसायीहरु ज्स्तै मोटर ग्यारेज, मोटर साइकल ग्यारेज लगायतका ठाउँहरु जहाँ बढी मच्छर बस्छन त्यस्तो ठाउँमा मच्छर बस्ने ठाउँहरु न्ष्ट गर्ने काम गनर्’ आवश्यक रहेको बताइन ।


उदयपुरका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले सरसफाई कार्यक्रमलाई सबै कार्यालय व्यवसायिक प्रतिष्ठान लगायतकाबाट नियमित सर सफाई गर्न काममा ध्यान दिन र जिल्ला प्रशासनमा सरसफाई सम्बन्धी परिपत्र पनि आएकोले सबै मिलेर सफाईमा ध्यान दिँदा रोग व्याध नियन्त्रण गर्न सकिने र हाम्रो प्राथमिकतामा सर सफाईलाई राख्नु आवश्यक रहेको बताए ।
त्रियुगा नगरपालिकाका प्रमुख बसन्त कुमार बस्नेतको अध्यक्षतामा भएको सो कार्यक्रम पश्चात कार्यक्रममा सहभागीहरुले गाईघाट बजारमा रहेको मोटर ग्यारेज, मोटरसाइकल ग्यारेज लगायतका मच्छर बढी पाइने खाल्डा खुलडीहरुमा गएर सर सफाई गर्नुका साथै मच्छर मार्ने काम गरेको थिए । उक्त कार्यक्रममा नेपाली सेनाका अधिकृतदेखि अन्य दर्जाका कमृचारीहरु, नेपाल प्रहरीका प्रहरी उपरिक्षक देखि अन्य दर्जाका ।

सशस्त्र प्रहरीका सशस्त्र प्रहरी उपरिक्षकदेखि अन्य दर्जाका कर्मचारीहरु, त्रियुगा नपाका कर्मचारी , स्वास्थ्य कार्यालयका कर्मचारी, नगर अस्पता, जिल्ला अस्पतालका कर्मचारी लगायतका अन्य सरोकारबाला संघ संस्थाका कर्मचारीहरुको ठूलो संख्यामा उपस्थिति रहेको थियो ।

उदयपुर जिल्लाका आठ पालिका मध्ये चार गाउँपालिका रौतामाई, उदयपुरगढी, ताप्ली र लिम्चुङबुङमा अहिलेसम्म डेंगी रोग नदेखिएको र चार नगरपालिका त्रियुगामा कार्तिक १० गतेसम्म १७५ जना, बेलका, कटारी र चौदण्डीगढी नपामा कार्तिक ८ गतेसम्ममा ८० जना कटारीमा २३ जना र चौदण्डीगढीमा पनि २३ जना नै डेंगी रोगबाट उपचार गराएको स्वास्थ्य कार्यालय उदयपुरका सूचना अधिकारी चिरञ्जीवी निरौलाले जनाएका छन् ।


यसैगरी जिल्ला अस्पताल उदयपुरका मेडिकल रेकर्डर निरीक्षक सुरेश कुमार पाण्डेले दिएको जानकारी अनुसार २०८१ साउनदेखि असोज महिनासम्ममा १ सय ३२ जना डेंगी रोगबाट पीडित भएको र यस मध्ये १४ जनाचाहिँ बेडभर्ना भएर उपचार गराएका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register