भारतलाई हराउँदै नेपाल फाइनलमा प्रवेश

काठमाडौं । साफ महिला च्याम्पियनसिपमा भारतलाई ट्राइब्रेकरमा हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको छ । दशरथ रंगशालामा आइतबार बेलुका सम्पन्न खेलमा भारतलाई ट्राइब्रेकरमा ४-२ ले हराउँदै नेपाल फाइनल प्रवेश गरेको हो । निर्धारित समय १-१ को बराबरीमा खेल सकिएपछि जितको निर्णय ट्राइब्रेकरबाट भएको थियो । ट्राइब्रेकरमा नेपालका सावित्रा भण्डारी, गीता रानामगर, सविता रानामगर र अमिसा कार्की […]

Oct 27, 2024 - 16:31
 0
भारतलाई हराउँदै नेपाल फाइनलमा प्रवेश

काठमाडौं । साफ महिला च्याम्पियनसिपमा भारतलाई ट्राइब्रेकरमा हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको छ ।

दशरथ रंगशालामा आइतबार बेलुका सम्पन्न खेलमा भारतलाई ट्राइब्रेकरमा ४-२ ले हराउँदै नेपाल फाइनल प्रवेश गरेको हो ।

निर्धारित समय १-१ को बराबरीमा खेल सकिएपछि जितको निर्णय ट्राइब्रेकरबाट भएको थियो ।

ट्राइब्रेकरमा नेपालका सावित्रा भण्डारी, गीता रानामगर, सविता रानामगर र अमिसा कार्की चारै जनाले गोल गरेका हुन् ।

नेपालको उपाधिको लागि बंगलादेशसँग भिड्ने छ । अघिल्लो संस्करणमा पनि नेपाल र बंगलादेशबीच फाइनल खेल भएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register