साफ महिला च्याम्पियनसिप : तनावपूर्ण खेलमा भारतलाई हराउँदै नेपाल फाइनलमा

काठमाडौं । साफ महिला च्याम्पियनसिपमा भारतलाई टाइब्रेकरमा हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको छ । दशरथ रंगशालामा आइतबार बेलुका सम्पन्न खेलमा भारतलाई पेनाल्टीमा ४-२ ले हराउँदै नेपाल फाइनल प्रवेश गरेको हो । निर्धारित समय १-१ को बराबरीमा सकिएपछि निर्णय टाइब्रेकरबाट भएको थियो । पेनाल्टीमा नेपालका सावित्रा भण्डारी, गीता रानामगर, सविता रानामगर र अमिसा कार्कीले गोल गरे […]

Oct 27, 2024 - 17:31
 0
साफ महिला च्याम्पियनसिप : तनावपूर्ण खेलमा भारतलाई हराउँदै नेपाल फाइनलमा

काठमाडौं । साफ महिला च्याम्पियनसिपमा भारतलाई टाइब्रेकरमा हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको छ ।

दशरथ रंगशालामा आइतबार बेलुका सम्पन्न खेलमा भारतलाई पेनाल्टीमा ४-२ ले हराउँदै नेपाल फाइनल प्रवेश गरेको हो ।

निर्धारित समय १-१ को बराबरीमा सकिएपछि निर्णय टाइब्रेकरबाट भएको थियो ।

पेनाल्टीमा नेपालका सावित्रा भण्डारी, गीता रानामगर, सविता रानामगर र अमिसा कार्कीले गोल गरे ।

नेपालले उपाधिको लागि बंगलादेशसँग भिड्ने छ । अघिल्लो संस्करणमा पनि नेपाल र बंगलादेशबीच फाइनल खेल भएको थियो ।

भारतसँगको खेल तनावपूर्ण भएको थियो । १ घण्टाभन्दा लामो समय रोकिएर पुन: सुरु भएको खेलमा नेपालले पुनरागमन गरेको थियो ।

त्यसअघि, ७१ औं मिनेटमा संगिता बासफोरले गोल गर्दै भारतलाई अग्रता दिलाएकी थिईन् ।

त्यसपश्चात भारतीय खेलाडी सेलिब्रेसनमै रहदाँ रेफ्रीको अनुमतीमा नेपालले बल सञ्चालन गरेर गोल गरेको थियो । सावित्राको बलमा प्रिति राईले गोल गरेकी थिईन् । तर, रेफ्रीले सो गोललाई मान्यता दिईनन् ।

त्यसको विरोधमा नेपाली खेलाडीले मैदान छाडे । लामो समय खेल रोकियो । निर्णयको लगातार विरोध गरे पनि अन्तिममा नेपाली खेलाडी मैदानमा प्रवेश गर्न तयार भए ।

दोस्रो हाफले ल्याएको दोस्रो मौकालाई पूर्ण रुपमा सदुपयोग गर्दै उच्च मनोबलका साथ नेपाली टोली मैदानमा उत्रियो । लगत्तै सावित्रा भण्डारीले गोल गर्दै खेललाई बराबरीमा ल्याइन ।

१० खेलाडीमा सीमित भएको नेपाली टोलीले दोस्रो हाफमा जित मात्र हासिल गरेन भारतमाथि दबाब पनि सृजना गर्यो । जसको मुख्य पात्र बनिन् सावित्रा । रेखा पौडेलले २ पहेलो कार्ड प्राप्त गर्दा नेपाल १० खेलाडीमा सीमित भएको थियो।

गोलकिपर अन्जना राना मगर नेपालका लागि स्थापन्न खेलाडीको रुपमा मैदानमा प्रवेश गरिन् । उनको उत्कृष्ट प्रर्दशनपश्चात नेपालले जित आफ्नो पक्षमा ल्यायो ।

रेफ्रीको विवादास्पद निर्णयले खेलको दोस्रो हाफ तनावले भरिएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register