लौकाको मूल्य २० रुपैयाँले घट्दा सोमबार ७० रुपैयाँले बढ्यो भेडे खुर्सानीको मूल्य

काठमाडौँ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबाका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज लौकाको मूल्य घट्दा भेडे खुर्सानीको मूल्य बढेको छ । लौकाको मूल्य २० रुपैयाँले घटेर न्युनतम प्रतिकेजी २० रुपैयाँ र भेडे खुर्सानीको मूल्य ७० रुपैयाँले बढेर न्युनतम प्रतिकेजी २५० रुपैयाँमा कारोबार […]

Oct 28, 2024 - 05:19
 0
लौकाको मूल्य २० रुपैयाँले घट्दा सोमबार ७० रुपैयाँले बढ्यो भेडे खुर्सानीको मूल्य

काठमाडौँ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबाका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज लौकाको मूल्य घट्दा भेडे खुर्सानीको मूल्य बढेको छ । लौकाको मूल्य २० रुपैयाँले घटेर न्युनतम प्रतिकेजी २० रुपैयाँ र भेडे खुर्सानीको मूल्य ७० रुपैयाँले बढेर न्युनतम प्रतिकेजी २५० रुपैयाँमा कारोबार भइरहेको छ ।

भारतीय ठुलो गोलभेडा १०० रुपैयाँ, लोकल सानो गोलभेडा १०० रुपैयाँ, सानो गोलभेडा (टनेल) ११० रुपैयाँ प्रतिकेजी रहेको छ । त्यस्तै, मुडे रातो आलु ७० रुपैयाँ र भारतीय रातो आलु ६२ रुपैयाँ रुपैयाँ प्रतिकेजी रहेको छ ।

त्यसैगरी, भारतीय सुकेको प्याज १०२ रुपैयाँ, लोकल गाजर ११० रुपैयाँ, तराई गाजर ९० रुपैयाँ, बन्दा लोकल ४० रुपैयाँ, बन्दा तराई ३० रुपैयाँ, स्थानीय काउली १२० रुपैयाँ, रातो मुला ४०, सेतो मुला लोकल ३० रुपैयाँ, भन्टा लाम्चो ७० रुपैयाँ, भन्टा डल्लो ९०, तने बोडी ११०, मकै बोडी ६०, घिउ सिमी लोकल ७०, टाटे सिमी ७०, भटमासकोसा ९० रुपैयाँ प्रतिकेजीमा कारोबार भईरहेको समितिले जनाएको छ ।

तितो करेला ७०, लौका २०, लोकल परवर ७० रुपैयाँ, चिचिण्डो ३० रुपैयाँ, घिरौला ७०, फर्सी पाकेको ५०, भिण्डी ६०, सखरखण्ड ८०, बरेला ६०, पिंडालू ५०, स्कुस १५ रुपैयाँ रहेको छ । त्यस्तै, रायो साग ७० र तोरीको साग ४० रुपैयाँ प्रतिकेजीमा किनबेच भईरहेको छ ।

साथै, हरियो प्याज १२०, तरुल १००, कन्य च्याउ १३०, डल्ले च्याउ २५०, राजा च्याउ २८०, कुरिलो ८००, न्युरो ९०, ब्रोकाउली १८०, चुकन्दर ९०, जिरीको साग १८०, सेलेरी ९००, पार्सले २०००, पुदिना ८००, गान्टे मुला ९०, इमली १४०, तामा ९०, तोफु ११०, गुन्द्रुक २५०, अदुवा २००, सुकेको खुर्सानी ४००, हरियो खुर्सानी ९०, खर्सानी हरियो (बुलेट) १५०, खुर्सानी हरियो (अकबरे) २८०, भेडे खुर्सानी २५०, हरियो लसुन १५०, हरियो धनियाँ १५०, चाइनिज सुकेको लसुन २५०, लसुन सुकेको नेपाली ३००, छ्यापी सुकेको १४० र छ्यापी हरियो ३०० रुपैयाँ रहेको समितिले सार्वजनिक गरेको मूल्यसुचीमा उल्लेख छ ।

यता, स्याउ(फूजी) २८०, केरा (दर्जन) १४०, कागती १६०, अनार ४५०, अंगुर (कालो) ३८०, सुन्तला (भारतीय) १००, जुनार ३००, भुई कटहर प्रति गोटा १८०, लोकल काक्रो १००, हाइब्रिड काक्रो ६०, निबुवा ३०, अम्बा १५०, नासपाती (चाइनिज) २३०, मेवा (नेपाली) ४०, लप्सी ४०, शरीफा १५०, किवि २००, आभोकाडो २३० र अमला ७० रुपैयाँ न्युनतम मूल्यमा कारोबार भइरहेको छ ।

तरकारी तथा फलफूलको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘तरकारीको भाउ’ पेजमा गई सो विवरण हेर्न सकिन्छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register