गरिमा क्यापिटलद्वारा एक दिने पुँजीबजार साक्षरता तथा विभिन्न अन्तरक्रिया कार्यक्रमहरू सम्पन्न 

काठमाडौँ । गरिमा क्यापिटल लिमिटेड विश्व लगानीकर्ता सप्ताह २०२४ को अभियान अन्तर्गत एक दिने पुँजीबजार साक्षरता कार्यक्रम तथा विभिन्न अन्तरक्रिया कार्यक्रमहरु सम्पन्न गरेको छ । उक्त कार्यक्रम अन्तर्गत क्यापिटलले कार्तिक ११ गते आइतबारका दिन नवलपरासी (ब.सु.पू) जिल्ला देवचुली नगरपालिका वडा नं. ५ र १५ का लगानीकर्ता तथा सर्वसाधारणहरुलाई पूँजी बजारबारे सूचित गराउने उद्देश्यले सकला देवी […]

Oct 28, 2024 - 09:07
 0
गरिमा क्यापिटलद्वारा एक दिने पुँजीबजार साक्षरता तथा विभिन्न अन्तरक्रिया कार्यक्रमहरू सम्पन्न 

काठमाडौँ । गरिमा क्यापिटल लिमिटेड विश्व लगानीकर्ता सप्ताह २०२४ को अभियान अन्तर्गत एक दिने पुँजीबजार साक्षरता कार्यक्रम तथा विभिन्न अन्तरक्रिया कार्यक्रमहरु सम्पन्न गरेको छ ।

उक्त कार्यक्रम अन्तर्गत क्यापिटलले कार्तिक ११ गते आइतबारका दिन नवलपरासी (ब.सु.पू) जिल्ला देवचुली नगरपालिका वडा नं. ५ र १५ का लगानीकर्ता तथा सर्वसाधारणहरुलाई पूँजी बजारबारे सूचित गराउने उद्देश्यले सकला देवी माध्यमिक विद्यालय र जनज्योति आदर्श बहुमुखी क्याम्पसमा १ दिने पूँजी बजार साक्षरता कार्यक्रम आयोजना गरिएको थियो ।

उक्त कार्यक्रम सर्वोदय (समावेशी अक्षर र अनुसन्धान) का सचिव ठाकुर प्रसाद शर्माले संचालन गरेका थिए भने कार्यक्रमको प्रमुख वक्ताका रुपमा गरिमा क्यापिटलका प्रमुख व्यापार अधिकृत तुल्सी प्रसाद आचार्य तथा व्यापार प्रबर्द्धन विभाग प्रमुख दिपक न्यौपाने रहेका थिए । सोही कार्यक्रममा देवचुली नगरपालिकाका नगर प्रमुख हरि प्रसाद न्यौपाने र सर्वोदय (समावेशी अक्षर र अनुसन्धान) का अध्यक्ष युवराज वाग्लेको उपस्थिति रहेको थियो ।

विश्व लगानीकर्ता सप्ताह-२०२४ एक हप्ते लामो आईओएससिओद्वारा प्रबर्द्धन गरिएको विश्व व्यापी अभियान हो । यसले लगानीकर्ताहरुलाई पुँजी बजारसँग सम्बन्धी जानकारीहरु तथा महत्वको बारेमा चेतना जगाउने कार्य गर्दछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register