धनतेरसलाई चाँदी सिक्का बिक्री सुरु (तस्वीरहरू)

काठमाडौं । तिहार (धनतेरस)लाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले चाँदीका विशेष सिक्का (मेडालियन) बिक्री सुरु गरेको छ । लक्ष्मी, गणेश, गजलक्ष्मी र गाईका आकृति अंकित यी चाँदीका मेडालियन विभिन्न तौलका छन् । टक्सार महाशाखाकाअनुसार १० ग्राम, २५ ग्राम र ३५ ग्रामका चाँदीका सिक्का बिक्रीमा उपलब्ध छन् । १० ग्रामको चाँदी सिक्काको मूल्य २ हजार २ […]

Oct 28, 2024 - 06:13
 0
धनतेरसलाई चाँदी सिक्का बिक्री सुरु (तस्वीरहरू)

काठमाडौं । तिहार (धनतेरस)लाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले चाँदीका विशेष सिक्का (मेडालियन) बिक्री सुरु गरेको छ । लक्ष्मी, गणेश, गजलक्ष्मी र गाईका आकृति अंकित यी चाँदीका मेडालियन विभिन्न तौलका छन् ।

टक्सार महाशाखाकाअनुसार १० ग्राम, २५ ग्राम र ३५ ग्रामका चाँदीका सिक्का बिक्रीमा उपलब्ध छन् । १० ग्रामको चाँदी सिक्काको मूल्य २ हजार २ सय रुपैयाँ, २५ ग्रामको ५ हजार ५ सय रुपैयाँ, र ३५ ग्रामको ८ हजार ४ सय रुपैयाँ तोकिएको छ ।

लक्ष्मी, गणेश र गजलक्ष्मी अंकित सिक्का १० ग्रामको तौलमा उपलब्ध छन् भने गाई अंकित मेडालियन २५ ग्रामको छ । राष्ट्र बैंकका अनुसार यस वर्ष सुनका असर्फी अभावका कारण धनतेरसमा मात्र यी चाँदीका सिक्का बिक्रीमा राखिएको छ ।

तस्वीरहरु:-

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register