महोत्तरीमा अनुहार जलेको अवस्थामा मृत भेटिइन् महिला

जनकपुरधाम । महोत्तरीमा अनुहार जलेको अवस्थामा एक महिला मृत फेला परेकी छन् । पिपरा गाउपालिका-७ दनौली चौरीस्थित स्थानीय अशोक ठाकुरको आँप बगैँचामा अनुहार जलेको अवस्थामा सोमबार बिहान महिला मृत फेला परेकी हुन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीकाअनुसार करिब २५/२६ वर्षिया कालो लेगिज र हल्का पहेँलो रंगको कुर्ति लगाएकी महिला मृत भेटिएकी हुन् । सोमबार बिहान […]

Oct 28, 2024 - 06:49
 0
महोत्तरीमा अनुहार जलेको अवस्थामा मृत भेटिइन् महिला

जनकपुरधाम । महोत्तरीमा अनुहार जलेको अवस्थामा एक महिला मृत फेला परेकी छन् ।

पिपरा गाउपालिका-७ दनौली चौरीस्थित स्थानीय अशोक ठाकुरको आँप बगैँचामा अनुहार जलेको अवस्थामा सोमबार बिहान महिला मृत फेला परेकी हुन् ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीकाअनुसार करिब २५/२६ वर्षिया कालो लेगिज र हल्का पहेँलो रंगको कुर्ति लगाएकी महिला मृत भेटिएकी हुन् ।

सोमबार बिहान स्थानीयले देखेपछि प्रहरीलाई खबर गरिएको थियो । जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी नकुल पोखरेलको कमान्डमा टोली घटनास्थल पुगेको छ ।

मृतकको परिचय खुल्न नसकेको घटनास्थल सुरक्षित राखी मुचुल्कालगायत प्रहरी कारबाही गरिरहेको छ ।

घटनाको प्रकृति हेर्दा कसैले विभत्स किसिमले हत्या गरे जस्तो देखिएको एसपी पोखरेलले जानकारी दिए ।

पहिचान खुल्न नसकोस् भनेर अनुहार जलाएको हुनसक्ने प्रहरीको अनुमान छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register