टीकापुर विमानस्थलमा परीक्षण उडान, स्थानीयमा उत्साह

काठमाडौं । टीकापुर विमानस्थलमा हालै भएको परीक्षण उडानले स्थानीय बासिन्दामा ठूलो उत्साह थपेको छ । लामो प्रतिक्षापछि भएको परीक्षण उडानले यस क्षेत्रको हवाई सम्पर्क सञ्जालको विकासको सम्भावनालाई बलियो बनाएको छ । स्थानीय बासिन्दा तथा अधिकारीहरू यसलाई व्यापार, पर्यटन र स्थानीय सुविधाका लागि सकारात्मक अवसरको रूपमा हेर्दैछन् । यदि नियमित हवाई सेवा सुरू भयो भने यसले टीकापुर […]

Oct 28, 2024 - 08:25
 0
टीकापुर विमानस्थलमा परीक्षण उडान, स्थानीयमा उत्साह

काठमाडौं । टीकापुर विमानस्थलमा हालै भएको परीक्षण उडानले स्थानीय बासिन्दामा ठूलो उत्साह थपेको छ । लामो प्रतिक्षापछि भएको परीक्षण उडानले यस क्षेत्रको हवाई सम्पर्क सञ्जालको विकासको सम्भावनालाई बलियो बनाएको छ ।

स्थानीय बासिन्दा तथा अधिकारीहरू यसलाई व्यापार, पर्यटन र स्थानीय सुविधाका लागि सकारात्मक अवसरको रूपमा हेर्दैछन् । यदि नियमित हवाई सेवा सुरू भयो भने यसले टीकापुर र आसपासका क्षेत्रको आर्थिक र सामाजिक विकासमा ठूलो योगदान पुर्‍याउने व्यवसायीको आशा छ ।

त्यहाँका व्यवसायी पारस रावलले यो पटक परीक्षण उडान सफल भएपनि विगतमा पनि परीक्षण उडानहरू भए तापनि थप कार्यान्वयन नभएको कुरामा चिन्ता व्यक्त गरे ।

उनी भन्छन्, “हामीले विगतमा पनि केही परीक्षण उडानहरू देख्यौं तर, त्यसपछि नियमित उडानको लागि कुनै ठोस कदम चालिएको थिएन । यस पटक भने स्थानीय र सरकारी तहबाट आवश्यक पहल र लगानी हुनु जरूरी छ, ताकि यो परियोजना केवल परीक्षणमा सीमित नहोस् र टीकापुरलाई दीर्घकालीन रूपमा हवाई सञ्जालसँग जोड्न सकियोस् ।”

रावलले यस पटक स्थानीय समुदायले पनि सक्रिय रूपमा समर्थन गर्ने अपेक्षा राखेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register