गृहमन्त्रीलाई सत्तापक्षकै सांसदको प्रश्न- यति, ओम्नी, गिरीबन्धु, क्यान्टोनमेन्ट छानबिन कहाँ पुग्यो ?

काठमाडौं । गृहमन्त्री रमेश लेखकलाई सत्तापक्षकै सांसदले प्रश्नैप्रश्न गरेका छन् । सोमबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सत्तारूढ नेपाली कांग्रेसका सांसद हृदयराम थानीले विभिन्न प्रकरणहरूको नाम लिँदै त्यसका अनुसन्धान कहाँ पुग्यो भनेर प्रश्न गरेका हुन् । थानीले यति, ओम्नी, गिरीबन्धु, क्यान्टोनमेन्टलगायतका प्रकरणहरूको नाम लिँदै त्यसका अनुसन्धान कहाँ पुग्यो भनेर प्रश्न गरे । […]

Oct 28, 2024 - 10:19
 0
गृहमन्त्रीलाई सत्तापक्षकै सांसदको प्रश्न- यति, ओम्नी, गिरीबन्धु, क्यान्टोनमेन्ट छानबिन कहाँ पुग्यो ?

काठमाडौं । गृहमन्त्री रमेश लेखकलाई सत्तापक्षकै सांसदले प्रश्नैप्रश्न गरेका छन् ।

सोमबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सत्तारूढ नेपाली कांग्रेसका सांसद हृदयराम थानीले विभिन्न प्रकरणहरूको नाम लिँदै त्यसका अनुसन्धान कहाँ पुग्यो भनेर प्रश्न गरेका हुन् ।

थानीले यति, ओम्नी, गिरीबन्धु, क्यान्टोनमेन्टलगायतका प्रकरणहरूको नाम लिँदै त्यसका अनुसन्धान कहाँ पुग्यो भनेर प्रश्न गरे ।

“भ्रष्टाचारका काण्ड उठेका छन् । गिरिबन्धु कहाँ पुगेको छ ? क्याटोन्मेट कहाँ पुगेको छ ? यति र ओम्नी कहाँ पुग्यो ? के भइरहेको छ ?,” थानीले सोधे ।

बैठकमा गृहमन्त्री रमेश लेखक उपस्थित थिए । प्रधानमन्त्री केपी शर्मा ओली नै उपस्थित हुने भनिए पनि पछि गृहमन्त्री लेखक मात्रै सहभागी भए । उनलाई सांसदहरूले प्रश्न गरेका हुन् ।

कांग्रेस सांसद सरिता प्रसाईंले पनि सरकार भ्रष्टाचार नियन्त्रण गर्न असफल भएको बताएकी छन् । यसमा सरकारले अपेक्षाकृत काम नगरेको भनाइ प्रसाईंको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register