विराटनगर बजारमा तिहार सामग्री किन्नेहरूको भिड 

विराटनगर । तिहारमा चाहिने विभिन्न समाग्रीहरुको खरिद गर्न विराटनगर बजारमा उपभोक्ताहरूको भिड लागेको छ । हिन्दु परम्परा अनुसार मनाइने चाडबाड र पर्व अनुसार फरक फरक पूजा सामग्री र फरक फरक प्रसादहरू खरिद गर्न मंगलबार उपभोक्ताको भिड लागेको हो । गत वर्ष भन्दा यस वर्ष सामानमा केही मूल्य वृद्धि भएको सर्वसाधारणहरूले गुनासो गरेका छन् । यस […]

Oct 29, 2024 - 11:25
 0
विराटनगर बजारमा तिहार सामग्री किन्नेहरूको भिड 

विराटनगर । तिहारमा चाहिने विभिन्न समाग्रीहरुको खरिद गर्न विराटनगर बजारमा उपभोक्ताहरूको भिड लागेको छ । हिन्दु परम्परा अनुसार मनाइने चाडबाड र पर्व अनुसार फरक फरक पूजा सामग्री र फरक फरक प्रसादहरू खरिद गर्न मंगलबार उपभोक्ताको भिड लागेको हो ।

गत वर्ष भन्दा यस वर्ष सामानमा केही मूल्य वृद्धि भएको सर्वसाधारणहरूले गुनासो गरेका छन् । यस पटक लक्ष्मी पूजा र तिहारमा चाहिने फलफूल, माटोको दियो, मिठाई, नरिवल, केरा ,फूल, बाँसका सामग्री र पित्तल तथा तामाका भाँडाहरू साथै भाइमसलाकोे मूल्य गत वर्ष भन्दा बढेको उपभोक्ताले बताए ।

विशेष गरी चाडपर्वको बेलामा व्यापारीहरूले मनपरी मूल्य तोक्ने भएकाले सर्वसाधारणहरू ठगिने गरेका छन् । सरकारको फितलो अनुगमनका कारण पनि चाडपर्वमा हरेक सामानको मूल्य बढी तिर्नुपर्ने उपभोक्ताहरूको गुनासो छ ।

उता, व्यापारीहरूले भने तिहारका लागि पूजाका सामग्री तथा अन्य सामानहरू किनमेल गर्नेहरूको विगतमा जस्तो भिडभाड नभएको बताएका छन् । सरकारको गलत नीतिका कारण सीमावर्ती बजारहरूमा अत्यधिक मूल्य फरक भएका कारण व्यापार घटेको व्यापारीहरूको गुनासो छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register