शेर्पा एडभेञ्चर गियर नेपालले जित्यो एनसेल कर्पोरेट गल्फ प्रतियोगिता

काठमाडौं । शेर्पा एडभेन्चर गियर नेपालका टासी दोङ र दोर्जे होजाङसाङले शनिबार गोकर्ण गल्फ क्लबमा आयोजित एनसेल कर्पोरेट गल्फ प्रतियोगिताको उपाधि जितेका छन् । यो जोडीले १० स्ट्रोक अन्डर पार ६२ को उल्लेखनीय स्कोरसहित उपाधि जितेका हुन् । विजेताले दुबईको चार वटा राउन्ड टिकेट, कलअवेको आइरन सेट तथा ह्याम्पर्स प्राप्त गरेका छन् । यस्तै मुस्ताङ […]

Oct 28, 2024 - 10:31
 0
शेर्पा एडभेञ्चर गियर नेपालले जित्यो एनसेल कर्पोरेट गल्फ प्रतियोगिता

काठमाडौं । शेर्पा एडभेन्चर गियर नेपालका टासी दोङ र दोर्जे होजाङसाङले शनिबार गोकर्ण गल्फ क्लबमा आयोजित एनसेल कर्पोरेट गल्फ प्रतियोगिताको उपाधि जितेका छन् । यो जोडीले १० स्ट्रोक अन्डर पार ६२ को उल्लेखनीय स्कोरसहित उपाधि जितेका हुन् ।

विजेताले दुबईको चार वटा राउन्ड टिकेट, कलअवेको आइरन सेट तथा ह्याम्पर्स प्राप्त गरेका छन् ।

यस्तै मुस्ताङ गल्फ क्लबबाट इन्द्रधरा बिष्ट र माधव सिम्खडाले ९ होलमा सिक्स अन्डर पार ३० को स्कोरसहित दोस्रो स्थान बनाए । उपविजेताले कलअवे एआई स्मोक ड्राइभर्स, आईप्याड र गिफ्ट ह्याम्पर पाएका छन् ।

लिओन मोटर्सका विजय श्रेष्ठ इनहाउस र फुर्सांगले तेस्रो स्थान बनाए भने उनीहरूले कलअवेको गल्फ ब्याग र ह्याम्पर्स प्राप्त गरे ।

व्यक्तिगततर्फ विजय श्रेष्ठ इनहाउसले लंगेस्ट ड्राइभतर्फ रेन्जफाइन्डर र गिफ्टह्याम्पर प्राप्त गरेका छन् । यस्तै प्रबिन शाही ठकुरीले क्लोजेस्ट टु दि पिन अर्वाडसँगै रेन्जफाइन्डर र ह्याम्पर्स प्राप्त गरे ।

प्रतियोगितामा कुल ५५ टिमको सहभागिता थियो । जसमा स्ट्रोक प्ले, फोरबल बेटर बल फर्मेट थियो ।

विजेतालाई एनसेलका सीईओ एवं प्रबन्ध निर्देशक जाब्बोर कायोमुभ तथा गोकर्ण गल्फ कोर्सका अध्यक्ष सुहृद घिमिरे र क्याप्टेन जोसेफ नाथनले पुरस्कार हस्तान्तरण गरेका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register