घुससहित पक्राउ परेका वडाध्यक्ष ओलीविरुद्ध अख्तियारले हाल्यो भ्रष्टाचार मुद्दा

काठमाडौं । असी हजार घुससहित पक्राउ परेका झापाको बुद्धशान्ति गाउँपालिका वडा नं २ का अध्यक्ष डिल्लीप्रसाद ओलीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ । सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ओलीविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको हो । सेवाग्राहीसँग जग्गा पास तथा लेनदेन सिफारिससम्बन्धी कार्यका लागि घुस लिइसकेको अवस्थामा केही दिन अघि ईलाका प्रहरी कार्यालय, अनारमनीले […]

Oct 28, 2024 - 10:31
 0
घुससहित पक्राउ परेका वडाध्यक्ष ओलीविरुद्ध अख्तियारले हाल्यो भ्रष्टाचार मुद्दा

काठमाडौं । असी हजार घुससहित पक्राउ परेका झापाको बुद्धशान्ति गाउँपालिका वडा नं २ का अध्यक्ष डिल्लीप्रसाद ओलीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ । सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ओलीविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको हो ।

सेवाग्राहीसँग जग्गा पास तथा लेनदेन सिफारिससम्बन्धी कार्यका लागि घुस लिइसकेको अवस्थामा केही दिन अघि ईलाका प्रहरी कार्यालय, अनारमनीले उनलाई नियन्त्रणमा लिएको थियो ।

अध्यक्ष ओलीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो असी हजार रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (ग) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजायसमेत हुने मागदाबीसहित सोमबार विशेष अदालत, काठमाडौंमा आरोप–पत्र दायर भएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register