एमाले कार्यालयको जग्गा विवाद : सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश, छलफलमा बोलायो

काठमाडौं । सर्वोच्च अदालतले नेकपा एमालेको पार्टी कार्यालय निर्माणका लागि भाटभटेनी सञ्चालक मीनबहादुर गुरुङले दानमा दिएको जग्गा विवाद मुद्दामा अल्पकालीन अन्तरिम आदेश दिएको छ । सोमबार न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । सर्वोच्चले दुवै पक्षलाई छलफलमासमेत बोलाएको छ । अधिवक्ता डा. ज्ञानबहादुर बस्नेतसमेतले दायर गरेको रिट गत बुधबार सर्वोच्चले दर्ता […]

Oct 28, 2024 - 11:25
 0
एमाले कार्यालयको जग्गा विवाद : सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश, छलफलमा बोलायो

काठमाडौं । सर्वोच्च अदालतले नेकपा एमालेको पार्टी कार्यालय निर्माणका लागि भाटभटेनी सञ्चालक मीनबहादुर गुरुङले दानमा दिएको जग्गा विवाद मुद्दामा अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

सोमबार न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । सर्वोच्चले दुवै पक्षलाई छलफलमासमेत बोलाएको छ ।

अधिवक्ता डा. ज्ञानबहादुर बस्नेतसमेतले दायर गरेको रिट गत बुधबार सर्वोच्चले दर्ता गरेको थियो ।

अधिवक्ता बस्नेतले रिटमा गुरूङ र एमाले पार्टी कार्यालयलाई विपक्षी बनाएका थिए । उनले रिटमा भ्रष्टाचार र सरकारी जग्गा व्यक्तिगत बनाउने अभियोग लागेका व्यवसायीबाट पार्टीले जग्गा दान लिने विषय कानूनको मर्मविपरीत भएको जिकिर गरेका थिए ।

भाटभटेनी सुपरस्टोरका सञ्चालक गुरुङले गत असोज २५ गते काठमाडौंको कीर्तिपुर-२, मैत्रीनगरमा नेकपा एमालेलाई केन्द्रीय कार्यालय भवन बनाउन १० रोपनी १४ आना जग्गा दिएको घोषणा गरेका थिए । एमाले अध्यक्ष केपी शर्मा ओली र गुरुङ दम्पतीले भवनको शिलान्यास समेत गरेका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register