मस्कको १० लाख डलर उपहार रोक्न पेन्सिलभेनियामा मुद्दा दायर

वासिङ्टन । फिलाडेल्फियाका मुख्य अभियोजकले दर्ता भएका मतदाताहरूलाई दिइने अर्बपति इलोन मस्कको १० लाख डलरको उपहार रोक्न सोमबार मस्क र उनको ट्रम्प समर्थक राजनीतिक कार्य समितिविरुद्ध मुद्दा दायर गरेका छन् । स्पेसएक्स र टेस्लाका प्रमुख कार्यकारी मस्कको अमेरिका पिएसीविरुद्ध डेमोक्रेट जिल्ला अटर्नी ल्यारी क्रासनरले पेन्सिलभेनिया राज्य अदालतमा मुद्दा दायर गरेका हुन् । “फिलाडेल्फिया जिल्ला अटर्नीलाई […]

Oct 28, 2024 - 16:19
 0
मस्कको १० लाख डलर उपहार रोक्न पेन्सिलभेनियामा मुद्दा दायर

वासिङ्टन । फिलाडेल्फियाका मुख्य अभियोजकले दर्ता भएका मतदाताहरूलाई दिइने अर्बपति इलोन मस्कको १० लाख डलरको उपहार रोक्न सोमबार मस्क र उनको ट्रम्प समर्थक राजनीतिक कार्य समितिविरुद्ध मुद्दा दायर गरेका छन् ।

स्पेसएक्स र टेस्लाका प्रमुख कार्यकारी मस्कको अमेरिका पिएसीविरुद्ध डेमोक्रेट जिल्ला अटर्नी ल्यारी क्रासनरले पेन्सिलभेनिया राज्य अदालतमा मुद्दा दायर गरेका हुन् ।

“फिलाडेल्फिया जिल्ला अटर्नीलाई सार्वजनिक उपद्रव र अवैध चिठ्ठासहित अनुचित व्यापार अभ्यासहरूबाट जनतालाई संरक्षण गर्ने जिम्मेवारी दिइएको छ”, क्रासनरले विज्ञप्तिमा भने, “जिल्ला अटर्नीलाई निर्वाचनको अखण्डतामा हस्तक्षेपबाट जनतालाई संरक्षण गर्ने जिम्मेवारी पनि दिइएको छ ।”

गत हप्ता न्याय मन्त्रालयले मस्कको अमेरिका पिएसीलाई एक पत्र पठाउँदै उसको १० लाख डलरको उपहारले सङ्घीय कानून उल्लङ्घन गर्नसक्ने चेतावनी दिएको थियो । उक्त कानूनले मतदान दर्ताका लागि मानिसहरूलाई भुक्तानी गर्न प्रतिबन्ध लगाउँछ ।

एक्सका मालिकसमेत रहेका ५३ वर्षीय मस्कले जुलाईमा समर्थन गरेपछि रिपब्लिकन राष्ट्रपती उम्मेदवार डोनाल्ड ट्रम्पलाई समर्थन गर्न आफ्नो लाखौँ डलर, समय र उल्लेखनीय प्रभाव लगाएका छन् ।

मस्कले निर्वाचनका लागि कोष सङ्कलन गर्ने संस्था, आफ्नो व्यक्तिगत ट्रम्प समर्थक राजनीतिक कार्य समितिलाई ११ करोड ८० लाख डलर दान गरेको बताइएको छ ।

उनी पेन्सिलभेनियामा ट्रम्पको चुनावी र्यालीमा मञ्चमा देखा परेका छन् र नोभेम्बर चुनावमा महत्त्वपूर्ण मानिएको यस स्विङ स्टेटमा आफ्नै टाउन हल शृङ्खला आयोजना गरेका छन् ।

पहिले बाराक ओबामालाई समर्थन गरेका तर पछिल्ला वर्षहरूमा क्रमशः कन्जरभेटिभ हुँदै गएका मस्कले एक्समा आफ्ना २० करोड २० लाख फलोअर्सहरूलाई दैनिक रूपमा ट्रम्पको प्रशंसा र उनका प्रतिद्वन्द्वी डेमोक्रेटिक उपराष्ट्रपति कमला ह्यारिसको निन्दा गर्ने सन्देशहरू दिइरहेका छन् ।
एएफपी

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register