दुई अर्ब दायित्व बोकेर हिँड्दै उदयपुर सिमेन्ट

उदयपुर ।  सरकारी स्तरको देशकै सबैभन्दा ठूलो सिमेन्ट उद्योगका रुपमा रहेको उदयपुर सिमेन्ट उद्योग अहिले दुई अर्ब रुपैयाँ तिर्नु पर्ने दायित्व बोकेर हिँडिरहेको छ भने आर्थिक संकट कै कारण धरासायी समेत बन्दै गएको छ ।  सोमबार उदयपुरको गाईघाट स्थित रत्ना रिसोर्टमा सिमेन्ट उद्योगका उच्च अधिकारी र नेकपा एमालेका केन्द्रीय , प्रदेश कमिटी, जिल्ला कमिटी र […]

Oct 28, 2024 - 16:48
 0
दुई अर्ब दायित्व बोकेर हिँड्दै उदयपुर सिमेन्ट

उदयपुर ।

 सरकारी स्तरको देशकै सबैभन्दा ठूलो सिमेन्ट उद्योगका रुपमा रहेको उदयपुर सिमेन्ट उद्योग अहिले दुई अर्ब रुपैयाँ तिर्नु पर्ने दायित्व बोकेर हिँडिरहेको छ भने आर्थिक संकट कै कारण धरासायी समेत बन्दै गएको छ । 

सोमबार उदयपुरको गाईघाट स्थित रत्ना रिसोर्टमा सिमेन्ट उद्योगका उच्च अधिकारी र नेकपा एमालेका केन्द्रीय , प्रदेश कमिटी, जिल्ला कमिटी र नगर कमिटीका सदस्य तथा पदाधिकारीहरु विचमा उद्योगलाई कसरी बचाउने र आगामी दिनमा निजीकरण हुनबाट कसरी जोगाउने भन्ने विषयमा गम्भीर छलफल भएको छ ।

सिमेन्ट उद्योग आर्थिक रुपमा जर्जर अवस्थामा पुगेको र २ अर्ब तिर्नु पर्ने दायित्व बोकेर हिँडिरहेको जानकारी दिँदै उद्योगका निमित्त महाप्रबन्धक महेश प्रसाद साहले उद्योग निजीकरण हुनबाट जोगाउनु पर्ने र सामान्य खर्च पनि गर्न नसक्ने अवस्थाबाट उद्योग चलिरहेकोले यस तर्फ सबैले ध्यान दिन जरुरी रहेको बताए ।

 निमित्त महाप्रबन्धक साहका अनुसार२०८१ साउन ६ गतेसम्मको तिर्नु पर्ने बाँकी दायित्वमा कर्मचारीहरुको तलव र नागरिक लगानी कोषको १२ करोड ७१ लख, अवकास प्राप्त कर्मचारीहरुको ३२ करोड ४७ लाख, कर दायित्व १६ लाख, बैंक ऋण २ करोड, विद्युत् प्राधिकरण डेडिकेटेड लाइन ३३ करोड ६४ लाख र कोइला तथा अन्य सामान सप्लायर्स दायित्व ६१ करोड ३१ लख रहेको छ ।

उद्योगका केमिष्ट तथा वरिष्ठ अधिकृत (सहायक नायव महाप्रबन्धक) कोविद काफ्लेका अनुसार अन्य दायित्वका कुरा छाडेर तत्काल उद्योग संचालनकालागि ५५ करोड रुपैयाँ आवश्यक भएको र सरकारले यो उद्योग सञ्चालन गर्न निजीकरणको बाटोमा नगई लिजमा दिएर संचालनको बाटो रोज्नु उपयुक्त हुने बताए ।

सो छलफलमा नेकपा एमालेकी पोलिटव्युरो सदस्य तथा संविधानसभा सदस्य मञ्जु कुमारी चौधरीले उद्योग उदयपुरको गौरव र गहनाको रुपमा रहेकोले यसलाई निजीकरण हुनबाट बचाएर सञ्चालन गर्न कसरी सहज हुन्छ मन्त्री स्तरमा, मन्त्रीपरिषद्मा छलफल गरेर अघि बढ्नु पर्ने र कर्मचारी तथा मजदुरहरुले पनि यो मेरो उद्योगको मात्र नभएर जीविकोपार्जन गरिरहेको रोजगारदाता भएकोले मैले इमान्दार भएर काम गरेमा यसको उन्नति प्रगति हुन्छ र मेरो भविष्य पनि यसले बनाउँछ भन्ने सोच राखेर काम गर्नु पर्ने बताइन ।

नेकपा एमाले केन्द्रीय सदस्य अम्बिका थापाले उद्योगको समग्र वर्तमान अवस्था अध्ययन गरेर सुधारकालागि आवश्यक पहल र छलफल गर्दा राम्रो हुने र उद्योग स्थानीय जनताको हितमा सचालन हुनु पर्ने बताइन ।

एमाले कोशी प्रदेश कमिटीका सदस्य तथा उदयपुर निर्वाचन क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य अम्बर बहादुर रायमाझीले उद्योगलाई निजीकरणबाट जोगाएर सञ्चालन गर्ने सकिने उपायका बारेमा र उद्योगमन्त्री, प्रधानमन्त्री तथा अर्थमन्त्रीसँग छलफल गरेर  अघि बढ्ने विषयमा कुरा गरेको थिए । 

यस अघि पनि उद्योगमन्त्रीसँग छलफल भएको तर उद्योगमन्त्री सकारात्मक नभएको हुँदा उद्योगको अवस्था झन कमजोर भएकोले पुःन एक पटक उद्योग बचाउनकालागि अनुरोध गर्ने र केही नलागेमा निजीकरण नगरी लिजमा दिएर संचालनको मोडालिटी बनाउने  कुरामा सहभागी सबै सहमत भएका छन् ।

आजको छलफलमा उद्योगका तर्फबाट निमित्त महाप्रबन्धक महेश प्रसाद साह, सहायक नायव महाप्रबन्धक कोविद् काफ्ले, वरिष्ठ इन्जिनियर हरि अधिकारी, गंभिरजंग खत्री लगायतका सहभागी भएका थिए भने नेकपा एमालेका तर्फबाट पोलिटव्युरो सदस्य मञ्जु चौधरी, केन्द्रीय सदस्य अम्बिका थापा, कोशी प्रदेश कमिटी सचिवालय सदस्य इश्वरमणी राउत, उदयपुर २ का प्रतिनिधिसभा सदस्य अम्बर बहादुर रायमाझी, कोशी प्रदेश सभा सदस्य गीता रेग्मी, उदयपुर जिल्ला कमिटी अध्यक्ष भागवत राउत, सचिव टेक बहादुर राउत, उपसचिव द्वय हेम खड्का र गंगा राई, त्रियुगा नगर कमिटी अध्यक्ष विश्वराज भट्टराई  लगायतका र पत्रकारहरुमा माधव पोखरेल, तुलसी कोइराला र ईश्वर तामाङ सहभागी भएका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register